इटहरी/ सामाजिक अन्याय र राजनीतिक भ्रष्टाचारको वेदनालाई आत्मसात गर्दै नेपाली फिल्म ‘महाभोज’ अब एमएसएम भिडियो ओटीटी प्लेटफर्ममा उपलब्ध भई विश्वभरका दर्शकले सशुल्क हेर्न पाउने भएका छन् । जेठ ३० मा नेपालभर सार्वजनिक प्रदर्शन भएको यस फिल्मलाई अब घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा सहजै हेर्न सकिने व्यवस्था गरिएको हो ।
निर्देशक दिनेश राउतको ‘महाभोज’ले सहकारी घोटाला र न्यायको खोजीमा पर्ने एक साधारण बैंक कर्मचारीको संघर्षमार्फत नेपालको वास्तविकतालाई उजागर गर्दछ । कथाले भ्रष्टाचार र विद्रोहको कथा मार्फत समाजमा न्यायको आवाज उठाएको छ ।
@parikalanewsofficial
हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखनमा बनेको यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली लगायतका प्रतिभाशाली कलाकारहरूले अभिनय गरेका छन् । ‘महाभोज’ले दर्शकलाई सोच्न बाध्य पार्ने सामाजिक सन्देश दिंदै नेपाली फिल्म मार्फत महत्वपूर्ण योगदान पुर्याएको छ ।














Discussion about this post