इटहरी/ सामाजिक सञ्जाल टिकटकमार्फत लोकप्रियता कमाएकी आभा ढुंगानाले अब ठुलो पर्दामा डेब्यू गर्ने भएकी छन् । निर्देशक दिनेश खड्काको निर्देशनमा बन्ने फिल्म ‘कश्यप’ मार्फत उनले फिल्म अभिनयमा प्रवेश गर्ने भएकी हुन् । निर्माण पक्षका अनुसार, कथाको मागअनुसार नयाँ अनुहार खोजी गर्ने क्रममा अडिसनमार्फत आभालाई चयन गरिएको हो ।
निर्माण टिमले उनको प्रतिभा र पर्फमेन्सका आधारमा फाइनल गरिएको छ जनाएको छ । हाल आभा फिल्मका लागि एक्सन दृश्यको प्रशिक्षणमा व्यस्त छिन् । डेब्यु अभिनेत्री आभा फिल्म प्रति उत्साहित छिन् । दर्शकले यो फिल्मबाट केवल मनोरञ्जन मात्र हैन राम्रो सन्देश पनि पाउने उनको भनाइ छ । निर्माण टिमले हाल प्रि-प्रोडक्सनमा गरिरहेको मेहनतले खुलेर तारिफ गरेकी छन् ।

यस्तै यही फिल्ममार्फत बालकलाकार रिद्धी खत्रीले पनि डेब्यू गर्ने भएकी छन् । उनी पनि अडिसनमार्फत छनोट भएकी हुन् । यसअघि फिल्मले पहिलो झलक सार्वजनिक गरिसकेको छ, जसमा अभिनेता सविन श्रेष्ठ फिचर्ड छन् । उनी हिरो की भिलेन क्यारेक्टरमा देखिन्छ भन्ने प्रश्न यसअघि उनको लुक्स सहित सार्वजनिक पोष्टरले कौतुहलता जगाएको छ । लभस्टोरी, एक्सन र सांगीतिक तत्वको मिश्रण रहने ‘कश्यप’को छायांकन चाँडै सुरु हुने जनाइएको छ ।

@parikalanewsofficial
















Discussion about this post