इटहरी/ माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’को फस्टलुक पोष्टर सार्वजनीक गरिएको छ । जहाँ पार्वती फिचर्ड छिन् । उक्त चरित्रमा अभिनेत्री ढुङ्गाना नै देखिएकी छन् । निताले शनिबार रक्षा बन्धनको अवसरमा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेकी हुन् । नीता फिल्म्सको प्रस्तुतिमा बन्ने यस फिल्मका दुई पोस्टर एकसाथ सार्वजनिक गरिएको हो ।
यो फिल्मको कथा तथा संवाद शिवम अधिकारीले लेख्ने छन् भने छायांकनका लागि बलिउड सिनेमाटोग्राफर कविर लाल र शाहिद लाललाई अनुबन्धित गरिएको छ । निर्मातामा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुंगाना रहेका छन् ।
निर्माण युनिटका अनुसार ‘पार्वती’ हाँसो, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको दृष्टिकोणबाट जीवनका रङ, सम्बन्धका मिठास र संघर्षका क्षणहरू प्रस्तुत गरिनेछन् । यो फिल्मको छायांकन असोजदेखि सुरु हुनेछ ।

हालसम्म कलाकारको नाम सार्वजनिक नगरिएको भए पनि वितरण अधिकार काठमाडौं उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले पाएका छन् भने उपत्यकाबाहिर एफडीले वितरण गर्नेछ । यस्तै निताले आफ्नै फिल्म निर्माण कम्पनी निता फिल्म्स बाटै अर्को फिल्म ‘सुख दुःख’ को पनि तयारी गरिरहेकी छन् । यो फिल्मलाई पनि उनैले निर्देशक गर्नेछिन् भने फिल्ममा वरिष्ठ कलाकार मिथिला शर्मा, हरिवंश आचार्य, विपना थापा र बलिउड अभिनेता दिपराज लाई प्रमुख कलाकारको रुपमा अनुबन्ध गरिसकेकी छन् । यो फिल्म आगामी वर्षको दशैंमा रिलिज गर्ने लक्ष फिल्म युनिटको छ ।

@parikalanewsofficial












Discussion about this post