Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आज विर्तामोड, दमक र इटहरीका हलमा ‘मोहर’का दर्शक भेट्दै पल शाह

✍ परिकला न्यूज
साउन २६, २०८२ मा प्रकाशित
आज विर्तामोड, दमक र इटहरीका हलमा ‘मोहर’का दर्शक भेट्दै पल शाह

इटहरी/ कोशी प्रदेशका विभिन्न प्रमुख शहरका दर्शक भेट्न अभिनेता पल शाह पूर्व आएका छन् । फिल्म हलमा प्रदर्शन भइरहेको ‘मोहर’का दर्शक प्रत्यक्ष भेट्ने यात्रा उनले बिर्तामोडबाट सुरु गरेका छन् । आज आइतबार उनले विर्तामोडको क्विएफएक्स र पाथीभरा सिने प्लाजामा यतिबेला दर्शक भेटिएका छन् । त्यसपछि उनी दमकको डिम्याक्स हल हुँदै साँझ ४ बजे इटहरीको इलाइट सिनेमा हलमा आइपुग्ने कार्यक्रम तय भएको फिल्म युनिटले जनाएको छ ।

यही शुक्रबारबाट प्रदर्शनमा आएको ‘मोहर’ले दुई दिनमै सुखद व्यापार गरेको छ । शुक्रबार ठीकठाक व्यापार गरे पनि शनिबार बिहान औसत देखिएका शोहरू मध्यान्हपछिबाट काठमाडौंसहित मोफसलका हलमा उल्लेख्य रूपमा भरिन थाले । नेपालगञ्जमा त हलहरुले हिन्दी फिल्मको शो कटौती गरेर ‘मोहर’का अतिरिक्त शो थपेका थिए । पोखरा, बुटवल, चितवन लगायतका शहरमा समेत फिल्मको व्यापार उत्साहजनक छ ।

शनिबार दिनभर निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका विभिन्न हलमा पुगेका थिए । अष्टनारायण हलमा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो । कलाकारहरूले दर्शकलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए भने बेनिशा र नीतिले उच्च साथ र सकारात्मक वर्ड अफ माउथले आफूहरू उत्साहित भएको बताए ।

@parikalanewsofficial

आज पनि काठमाडौं र मोफसलका हलमा उच्च अकुपेन्सीसहित ‘मोहर’को प्रदर्शन भैरहेको छ । वितरक करण श्रेष्ठका अनुसार फिल्मले केही महिनादेखिको नेपाली फिल्मको व्यापारिक खडेरी तोड्ने संकेत दिएको छ । फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण र चुम्बन जंग शाहीको लगानीमा बनेको ‘मोहर’ले दुई दिनमै ७० देखि ८० लाख रुपैयाँसम्मको ग्रस कलेक्सन गरेको अनुमान छ । बलियो वर्ड अफ माउथका कारण आगामी दिनमा पनि फिल्मले दर्शकको साथ पाउने निर्माणपक्षको विश्वास छ ।

अगाडिकाे पाेस्ट

‘जनै हराएको मान्छे’को ट्रेलर रिलिज: अभाव, सपना र संघर्षको कारुणिक कथा

अर्काे पाेस्ट

निता ढुंगानाको ‘पार्वती’ अवतार, उनी आफैंले निर्देशन गर्ने यो फिल्म माघ १ मा रिलिज हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana