इटहरी/ अमेरिकाभरि नेपाली गीत-संगीतको रौनक छर्ने उद्देश्यसहित गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको जोडी ‘सोलफुल युएसए यात्रा’मा सहभागी हुन अमेरिका पुगेका छन् । थ्री ई इन्टरटेन्मेन्टको व्यवस्थापनमा र ओनेस्ट रियल इस्टेटको प्रस्तुतिमा आयोजना हुने यो साङ्गीतिक यात्रा आगामी अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुँदै बोस्टन, ब्रान्फोर्ड, फिलाडेल्फिया, ह्यारिसबर्ग, न्युयोर्क, पिट्सबर्ग, सार्लेट, मुल्वौकी, नेब्रास्का, सेन्ट लुइस, डालस, ओकेसीसहित २० भन्दा बढी अमेरिकी शहरमा पुग्नेछ ।
‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता चर्चित गीतका गायक-गायिकाले यसपटक अमेरिकामा रहेका नेपालीहरूलाई लाइभ प्रस्तुति दिने अवसर पाउनुमा खुशी व्यक्त गरेका छन् । कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिएको थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ ।

थ्री ई इन्टरटेन्मेन्टले यसअघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा, इन्दिरा जोशी, प्रमोद खरेल, अञ्जु पन्त लगायतका चर्चित कलाकारको अमेरिका टुर गराइसकेको छ । १९७४ एडीको लाइभ कन्सर्टदेखि अन्तर्राष्ट्रिय स्तरका धेरै सांस्कृतिक कार्यक्रम आयोजना गर्ने यो संस्थाले सन् २०२२ देखि भर्जिनियामा ‘डिटिएफेस्ट-दसैँ तिहार फेस्ट’ सञ्चालन गर्दै आएको छ । साथै, सन् २०१२, २०१३ र २०१७ मा ‘ग्लोबल नेपाल फेस्ट’ आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने महत्वपूर्ण योगदान पुर्याएको छ ।
@parikalanewsofficial














Discussion about this post