इटहरी/ अन्तरजातीय प्रेम र सामाजिक कुरितीविरुद्धको कथावस्तुमा निर्माण हुने फिल्म ‘जदौ’मा नव अभिनेत्री राजश्री थापाले डेब्यू गर्ने भएकी छन् । मोडलिङ तथा स्टाइलिस्टका रूपमा सक्रिय राजश्री यसअघि गायक सुशान्त केसीको गीतमार्फत दर्शकमाझ परिचित भइसकेकी हुन् । उनको सहभागितासँगै फिल्मको कलाकार टोली पूर्ण भएको निर्माण पक्षले जनाएको छ ।
काजी लिम्बू र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्ने ‘जदौ’मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, बिनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ, अनिल सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ । दाङ र प्युठानका विभिन्न स्थानमा छायांकन हुने यस फिल्मको निर्माण सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले गर्नेछन् ।

सहनिर्मातामा रामराजा सुवेदी, सुमीत्रा देवकोटा, गोकुल केसी र नारायण शास्त्री रहेका छन् भने निर्माण व्यवस्थापन बुद्धि माझीले सम्हाल्नेछन् । छायांकन श्याम तामाङ, संगीत अर्जुन पोखरेल र बाबुल गिरी, तथा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीका अनुसार ‘जदौ’को सुटिङ भदौ पहिलो साताबाट सुरु हुनेछ ।
@parikalanewsofficial














Discussion about this post