इटहरी/ प्लस टु पास गरेर भविष्यको योजना बुन्दै गरेका किशोरीहरूका लागि विशेष सौन्दर्य प्रतियोगिता ‘मिस प्लस टु इन्टरनेशनल’ यसपटक झनै विशेष बन्यो, किनभने प्रतियोगितामा एक होइन, एकैसाथ तीन जना विजेता घोषणा गरिए । काठमाण्डौको राष्ट्रिय नाचघरमा भव्य समारोहबीच सम्पन्न प्रतियोगितामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’को उपाधि कर्मा लामाले हात पारिन् भने ‘मिस प्लस टु नेपाल ग्लोबल’ आकृति पोखरेल बनिन् ।
त्यसैगरी ‘मिस प्लस टु नेपाल हेरिटेज’को उपाधि मुस्कान कुँवरले जितिन् । सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र प्रतिभाको आधारमा निर्णायकहरूले विजयीको चयन गरेका थिए । हेरिटेज विजेता मुस्कान कुँवरले ‘पब्लिक चोइस’ उपाधिसमेत जितेकी छन् ।

प्रतियोगितामा विभिन्न उपाधिहरू पनि प्रदान गरिएका थिए । जस अन्तर्गत मुस्कान कुँवरले मिस ट्यालेन्ट, कर्मा लामाले मिस स्टाइलिस र बेस्ट वाक, आकृतिले पोखरेल मिस फोटोजेनिक, प्रियंका चौधरीले मिस कन्जिनियलिटी, अनुपमा नेपालले मिस पर्सनालिटी, काजल मेहताले मिस कन्फिडेन्ट, रेशु कुमारी मगरले मिस इन्टेलेक्चुअल, रेनुका मास्केले मिस डिसिप्लिन, निकिता शाहले बेस्ट ट्रान्सफर्मेसन, पुष्पाञ्जली शर्माले मिस डिटरमिनेसन, कृति शाहले मिस चार्मिङ, मनकामना रौनियारले मिस डिसेन्ट, आश्मा धामीले म्यानेजमेन्ट चोइस, कृतिका कर्माचार्यले इभनिङ गाउन को उपाधि हात पारे ।
@parikalanewsofficial
युभा इभेन्ट्सद्वारा आयोजित कार्यक्रमको व्यवस्थापन त्रिदेवी श्रेष्ठले गरेका थिए भने कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए । निर्णायकको रूपमा सङ्गीता रौनियार, प्रिया मानन्धर, बीएवा बस्नेत, राम केसी, विशाल गुरुङ, अनिला श्रेष्ठ, मनिषा डंगोल लगायत थिए । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूको व्यक्तित्व र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताबाट पहिले पनि चर्चित अनुहारहरू जन्मिएका छन्, जसमा सुप्रिया हमाल ठकुरी, आँचल शर्मा, प्रभेशिका अधिकारी र शिक्षा राणा समावेश छन् । विशेषगरी आँचल शर्माले सन् २०१५ मा उपाधि जितेकी थिइन् र अहिले नेपाली फिल्म क्षेत्रमा स्थापित नाम बनिसकेकी छन् ।














Discussion about this post