इटहरी/ केदार घिमिरे माग्ने बुढा र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको ट्रेलर बिहीबार क्युएफएक्स सिभिल मल काठमाण्डौंमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको हो ।
मुनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित फिल्ममा केदार घिमिरे (माग्ने बुढा) हास्य र सामाजिक कथानकमा आधारित भूमिकामा देखिनेछन् भने वर्षा सिवाकोटी महिला पात्रको सशक्त अवतारमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । हेर्नुस् ट्रेलर ।
।
फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेकी मोडल पवित्रा साकी (मिस पबी) को पनि महत्वपूर्ण भूमिका छ । साथै, चर्चित अभिनेता आर्यन सिग्देलले फिल्ममा विशेष उपस्थितिद्वारा दर्शकलाई चकित पार्ने तयारी गरेका छन् ।फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । ट्रेलरमार्फत फिल्मले सामाजिक व्यङ्ग्य, हास्यरस र पारिवारिक सम्बन्धको उतारचढाव समेट्ने संकेत दिएको छ ।
।
@parikalanewsofficial














Discussion about this post