इटहरी/ आउँदो भाद्र १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक भएको छ । प्रेम र नोकझोंकको रमाइलो मिश्रण रहेको गीतमा सुरक्षा पन्त र मंजिल कुमार मुख्य जोडीको आकर्षक केमिस्ट्री प्रस्तुत गरिएको छ, जसले दर्शकको ध्यान तानेको छ । गीतमा रिदम कँडेल र बेनिशा पौडेलको सुमधुर स्वर रहेको छ । संगीत पनि रिदम स्वयंले भरेका छन् भने शब्द बिदुर तिमल्सिनाको हो ।
गीत सार्वजनिक भएलगत्तै युट्युबमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ । धेरैले गीतको मेलोडी र भावनात्मक प्रस्तुति मन पराएको प्रतिक्रिया दिएका छन् । फिल्म ‘पूर्ण बहादुरको सारंगी’ जस्तो कीर्तिमानी फिल्म निर्देशन गरेका सरोज पौडेलकै निर्देशनमा तयार भएको ‘कोशेढुङ्गा’मा सुरक्षा र मन्जिलसँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल लगायतका कलाकारको अभिनय छ । हेर्नुस् भिडियो ।
निर्देशक पौडेलले फिल्मको कथा लेखन पनि आफैँ गरेका हुन्, जहाँ उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले साथ दिएका छन् । नरदेवी फिल्म्स र सारंगी फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी दिनेश खड्काले सम्हालेका छन् । फिल्ममा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत समावेश गरिएको छ ।
@parikalanewsofficial














Discussion about this post