इटहरी/ सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका चर्चित लोकगायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन् । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा उनी सवार ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनाका बेला शर्मासहित चार जना कारमा सवार थिए । कारमा सामान्य क्षति पुगेको भए पनि गायक शर्माको देब्रे हातको एउटा औंला भाँचिएको छ, अन्य चोट भने लागेको छैन । बाँकी यात्रुहरू भने सकुशल रहेका छन् । कारको अगाडिको सिटमा बसेका थिए शर्मा । कार अनियन्त्रित भई नालीमा खसेको उनले बताए ।
@parikalanewsofficial














Discussion about this post