इटहरी/ यही शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउने सामाजिक कथामा आधारित फिल्म ‘मोहर’ले बक्स अफिसमा बलियो सुरुवात गर्ने संकेत देखाउँदै देशभरका प्रमुख मल्टिप्लेक्स हलहरूमा बुकिङ खुला गरेको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मले देउकी प्रथालाई केन्द्रमा राखेको छ भने पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
चुम्बन जंग शाहीको निर्माणमा तयार भएको ‘मोहर’लाई देशभरका फिल्म हलहरूले उत्साहपूर्वक शो दिएका छन् । फिल्मलाई इलाइट सिनेमा हल इटहरीमा ४ शो, बीग मुभिजमा २, क्यूएफएक्स छायामा २, आईएनआई सिनेमाज लोत्से र बाँनेश्वरमा ३–३ शो, वान सिनेमाज नयाँबाँनेश्वरमा ४, कालिमाटीमा २ शो दिइएको छ ।

यस्तै, एफक्यूबमा ३ शो, राइजिङ मलमा १ शो, बीएसआर मुभिज, गंगबुमा ३ शो, भक्तपुर, जलमल, सिजी मल चितवन, कावासोती, पर्सा, बुटवल, दमौली, विराटनगर, विर्तामोड, एसटीसी, सीडीसी, लाबिम, सिभिल, दरबारमार्ग, सिटी स्वायर, बागेश्वरीजस्ता हलहरूमा पनि १ देखि ४ शोका दरले प्रदर्शन तालिका तय भइसकेको छ । फिल्मको ट्रेलर र गीतले दर्शकमा सकारात्मक र भावनात्मक प्रभाव पारेकाले ‘मोहर’ले पहिलो दिनदेखि नै बाक्लो दर्शक उपस्थिति पाउने अनुमान गरिएको छ । अझै केही हलहरूमा शो खुलाउन बाँकी रहेकाले फिल्मको ओपनिङ अझ व्यापक हुने विश्वास गरिएको छ ।
@parikalanewsofficial














Discussion about this post