इटहरी/ यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’ले रिलिजभन्दा दुई दिनअघि नै अग्रिम बुकिङ खुल्ला गरिएको छ भने देशभर उत्साहजनक शो पाएको छ । मल्टीप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्मले दर्शकमाझ बनाएको हाइपका कारण फिल्मले राम्रो शो प्राप्त गरेको हो । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ र मोफसलमा १६ गरी कुल ३१ शो दिएको छ ।
यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइ सिनेमाजले ४ आउटलेटबाट ११ शो, एफक्युब सिनेमाजले ३ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, किर्तिपुर सिनेप्लेक्सले २ शो, बिएसआर मूभिजले २ शो, बिग मूभिजले २ शो दिएको निर्माण पक्षले जनाएको छ । रञ्जना, विश्वज्योति, सिके सिनेमाज लगायतका हलहरूमा समेत बुकिङ खुल्ने प्रक्रियामा रहेकाले शुक्रबारसम्म देशभर करिब १५० भन्दा बढी शो पाउने अपेक्षा गरिएको छ ।

अग्रीम बुकिङ सुरु भएसँगै दर्शकको चाप देखिएको खण्डमा थप शो बढाउने तयारी पनि गरिएको छ । पोस्टर, गीत, टिजर र ट्रेलरमार्फत निर्माण पक्षले बनाएको प्रचारले दर्शकहरूमा उत्सुकता बढाएको छ । फिल्मले बक्सअफिसमा राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ । राज बहादुर साने निर्देशित ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायत कलाकारको अभिनय रहेको छ ।
@parikalanewsofficial
बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीले पनि अभिनय गरेका छन् । श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो । तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुतीमा बनेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन् ।
अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन् भने गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन र दिव्य सुवेदीको छायांकन रहेको छ ।














Discussion about this post