इटहरी/ नेपालगञ्जमा जन्मिएकी प्रेरणा गिरीले सौन्दर्य प्रतियोगिता, मोडलिङ, इभेन्ट होस्टिङ हुँदै नेपाली फिल्म उद्योगमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहेकी छिन् । हालै उनी एनेक्स एजुकेशन कन्सल्टेन्सीकी ब्रान्ड एम्बेसडर समेत नियुक्त भएकी छन् । प्रेरणाले आफ्नो सोच र सपनाको यात्रा सन् २०१९ मा नेपालगञ्जमा आयोजित ‘फेस अफ नेपालगञ्ज’ नामक सौन्दर्य प्रतियोगिताबाट सुरु गरेकी थिइन् । जहाँ उनले सेकेन्ड रनर अप घोषित सँगै बेस्ट फोटोजेनिकको सब टाईटल समेत हात पार्न सफल भइन् ।
यसपछि उनले यसैलाई आफ्नो गन्तव्य पुग्ने मार्ग बनाउँदै मोडलिङतर्फ पाइला अघि बढाईन् र विभिन्न फोटोशुटहरुमा समेत सहभागिता जनाइन् । २०७८ सालदेखि प्रेरणा निरन्तर इभेन्ट होस्टका रूपमा समेत सक्रिय छिन् । उनले सुदूरपश्चिम क्षेत्रमा आयोजना भएका विभिन्न मेला-महोत्सव, सांगीतिक कन्सर्ट, सौन्दर्य प्रतियोगिता, खेलकुद कार्यक्रम लगायत कर्पोरेट, सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरूमा होस्ट गर्दै दर्शकको मन जितेकी छन् ।

उनले हालसम्म नेपालका चर्चित सांगीतिक ब्यान्ड तथा गायकहरूसँग एउटै मञ्चमा कार्यक्रम होस्टको रुपमा प्रस्तुत हुने अवसर प्राप्त गरिसकेकी छन् । ‘मङ्गोलियन हार्ट’ (राजु लामा), ‘लाउरे एण्ड ब्याड कम्पनी’, पूर्ण राई, एकदेव लिम्बू, तृष्णा गुरुङ एण्ड द कोलाब तथा ‘सुगम पोखरेल ब्यान्ड’ जस्ता लोकप्रिय कलाकारहरूका माझ उनले होस्ट गरेकी छन् ।
@parikalanewsofficial
यस्तै उनले अभिनय क्षेत्रमा भने २०८१ सालमा ‘रावायण’ फिल्ममार्फत डेब्यु गरेकी हुन् । यस फिल्ममा उनले पूजा शर्मा को बहिनी तथा पल शाहको साली ‘दिव्या’को भूमिकामा अभिनय गरेकी थिइन् । फिल्ममा अभिनय यात्रालाई निरन्तरता दिने क्रममा उनले ‘कल्ली’ फिल्ममा पनि अभिनय गरेकी छन् । यो उनको अभिनय रहेको दोश्रो फिल्म हो । आगामी फागुन १ गते रिलिज हुने यो फिल्ममा नर्सको भूमिकामा छिन् । उनको यो भूमिका नाजिर हुसेन र बर्षा राउतका साथमा देखिने पात्र हो । फिल्मी दुनियाँमा अझै उत्कृष्ठ काम गर्ने हेतुले उनले अनुप बराल सँग अभिनयको प्रशिक्षण पनि लिने तयारीमा छिन् । पोखरामा उनले तीजपछि बरालसँग अभिनय सिक्नेछिन् ।

उनी नेपलागञ्जमा हरेक वर्ष सञ्चालन हुँदै आएको र राजेश हमाल ब्रान्ड एम्बेसडर रहेको म्याराथन ‘धारा नेपालगञ्ज’को इभेन्ट म्यानेजर समेत हुन् । उनी हालै एम्बेसडर नियुक्ति भएको कन्सल्टेन्सी जापान अध्ययनका लागि मात्र केन्द्रित छ । यस कन्सल्टेन्सीको मुख्य कार्यालय नेपालगञ्जमा रहेको छ र पछिल्लो ६ वर्षदेखि यसले विद्यार्थीहरूलाई सिधै नेपालगञ्जबाट जापान अध्ययनको लागि आवेदन प्रक्रिया गर्दै आएको छ । प्रेरणाले यस कन्सल्टेन्सीसँग एक वर्षको ब्रान्ड सम्झौता गरेकी हुन् ।















Discussion about this post