इटहरी/ नेपाली फिल्म ‘पीआर’ अब अष्ट्रेलियाको पर्दाबाट पनि नेपाली दर्शकसँग जोडिने भएको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण गरिएको यस फिल्मको रेड कार्पेट प्रिमियर अगस्ट ९ मा सिड्नी र अगस्ट १२ मा न्यू क्यासलमा गरिँदैछ ।
निर्माण टिमका अनुसार सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाजमा दुईवटा हलमा पहिलो प्रिमियर गरिनेछ भने दोस्रो प्रिमियर रिडिङ सिनेमा न्यूक्यासल का दुई हलमा हुनेछ ।
अष्ट्रेलियामा प्रिमियर आयोजना गर्ने जिम्मेवारी आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीले लिएका छन् । शोभित बस्नेत निर्देशित यो फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीजस्ता दिग्गज कलाकारहरूको विशेष भूमिका रहेको छ ।
@parikalanewsofficial
‘पीआर’ले विशेषगरी विदेशमा संघर्षरत नेपाली विद्यार्थीहरूको जीवनयात्रा र नेपालमा रहेका तिनका परिवारका पीडाहरूमाथि आधारित कथा बोकेको छ । समकालीन नेपाली प्रवास जीवनको यथार्थ उजागर गर्ने यो फिल्मले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको भावना झनै नजिकबाट छुने अपेक्षा गरिएको छ ।














Discussion about this post