Wednesday, April 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘खुस्मा’को सफलतापछि ‘जलाकी’, धीरज र उपासनालाई फिचर्ड गर्दै २ पोष्टर सार्वजनिक

✍ परिकला न्यूज
साउन २०, २०८२ मा प्रकाशित
‘खुस्मा’को सफलतापछि ‘जलाकी’, धीरज र उपासनालाई फिचर्ड गर्दै २ पोष्टर सार्वजनिक

इटहरी/ गतवर्ष फिल्म ‘खुस्मा’को सर्वाधिक लोकप्रिय ‘रुकुम मैकोट’ गीतले युट्युबमा ऐतिहासिक सफलता पाएको थियो । सो गीतले पाँच महिनामै १० करोड भ्युज पार गर्यो । फिल्मले पनि सोहीअनुरूप व्यापारिक सफलता हासिल गर्यो । यतिबेला सोही खुस्मा फिल्मका निर्देशक अशोक थापामगर नयाँ फिल्म ‘जलाकी’को तयारीमा जुटिरहेका छन् । ‘खुस्मा’को सुपरहिट यात्रापछि उनीले फेरि पनि मगर र गुरुङ समुदायको संस्कृति र प्रेम भावनालाई केन्द्रमा राख्दै ‘जलाकी’ निर्देशन गरिरहेका छन् ।

यस फिल्मको पहिलो चरणको छायांकन चैत्रमा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको छायांकन असोज २१ गतेदेखि सुरु हुने तयारीमा छ । ‘खुस्मा’मार्फत उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी उपासना सिंह ठकुरी फेरि पनि मुख्य भूमिकामा देखिन लागेकी हुन् । यसपटक उनी अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ‘खुस्मा’मा पनि उपासना र धिरजको जोडी दर्शकले रुचाएका थिए, त्यसैले ‘जलाकी’मा उनीहरूको पुनर्मिलनप्रति दर्शकको चासो थपिएको छ ।

हालै निर्माण टिमले सार्वजनिक गरेको दुई पोस्टरमार्फत फिल्मका मुख्य कलाकार धिरज र उपासनालाई प्रस्तुत गरिएको छ । ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेको पोस्टरले कथाको भावलाई कलात्मक रूपमा उजागर गरेको छ । साथै, यस फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् ।

‘जलाकी’ एक त्रिकोणात्मक प्रेमकथा हो, जसमा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) जस्ता कलाकारहरूको अभिनय रहनेछ । अन्य केही कलाकारहरूको छनोट प्रक्रिया जारी रहेको निर्माण टिमले जनाएको छ । ‘जलाकी’ मगर समुदायमा आस्था र सम्झनाको प्रतीकको रूपमा चिनिने ढुङ्गालाई जनाउने शब्द हो ।

यस फिल्मले मगर र गुरुङ समुदायको जीवनशैली, संस्कृति, भावना र पहिचानलाई समेट्ने लक्ष्य लिएको छ । छायांकन रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा तथा दक्षिण कोरियाका विभिन्न स्थानमा गरिनेछ । एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुने यो फिल्मका निर्माता ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्मको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोड्युसरमा राजु रेग्मी मगर, सहायक निर्देशकमा महेश बराल, संगीतकार एसडी योगी र सरित राई तथा गीतकार सुरेन्द्र राना र राम अविरल विष्ट रहनेछन् ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

अर्काे पाेस्ट

एक महिनाको विश्राममा सौगात, ‘जहाजैमा’ छाडेर ‘परालको आगो’ किन रोजे ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने
इभेन्ट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
0

...

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana