Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

✍ सुवास संकल्प
साउन १७, २०८२ मा प्रकाशित
एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

इटहरी/ बलात्कारजस्ता जघन्य अपराधविरुद्ध चेतना फैलाउने उद्देश्यले गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ तीज गीत ‘नाइ भनेसी नाइ’ सार्वजनिक गरेका छन् । ‘गलवन्दी प्रोडक्सन’को ब्यानरमा निर्माण गरिएको यो गीत गतवर्ष सार्वजनिक गरिएको “बदला बरिलै” को दोश्रो भाग हो । सार्वजनिक ‘नाइँ भनेसी नाई’मा अभिनेत्री रेखा थापाको दमदार अभिनय देख्न सकिन्छ । भिडियोमा उनलाई एक शक्तिशाली नारीको रुपमा प्रस्तुत गरिएको छ। अन्याय बिरुद्ध उनि देवी अवतारमा समेत देखिन्छिन् । भिडियोको अन्त्यमा उनको एक्सन समेत देख्न सकिन्छ, उनले एक्लै ४/५ जना युवाहरु संग भिडेकि छन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार विगत पाँच वर्षमा ११,९४९ बलात्कारका घटना दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या ५ प्रतिशतले बढी हो । औसतमा दैनिक ७ जना महिला तथा बालिका बलात्कारको शिकार भइरहेका तथ्यांक सार्वजनिक भएसँगै सपुतको गीत सामाजिक सन्देशसहितको सांगीतिक प्रतिरोधको रूपमा आएको हो । ‘नाइ भनेसी नाइ’ गीतमा बलात्कारपीडितका पीडालाई उजागर गर्दै मौनता तोड्न र अन्यायको चक्र तोड्न आह्वान गरिएको छ । हेर्नुस भिडियो ।

गीतमा प्रकाश सपुतको परिकल्पना र निर्देशन रहेको छ भने रेखा थापासँगै सञ्जोग बराइली, सिमरन खड्का, प्रकाश सपुत स्वयं र बालकलाकार प्रविष्टि सपुतको पनि अभिनय देख्न सकिन्छ । गीतमा स्वर समीक्षा अधिकारी र एलिना चौहानको रहेको छ । यी २ गायिकालाई पनि भिडियोमा गीत गाउदै गरेको अवस्थामा फिचर्ड गरिएको छ । यो गीतमा शब्द र संगीत प्रकाश सपुतकै रहेको छ भने श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन् । कमल थापाले अडियो सम्पादन र प्रि-मिक्सिङ गरेका हुन् भने गोविन्द अनेक रेकर्डिस्टका रूपमा रहेका छन् । गीतमा पोषण घर्ती मगरको मादल, हेमन्त कान्छा रसाइलीको सारङ्गी र रत्न बि.क.को बाँसुरी प्रयोग गरिएको छ ।

भिडियोको निर्देशक सपुत नै रहेका छन् भने सुनिल बि.क. सहायक निर्देशकका रूपमा छन् । रोशन विश्वकर्मा कोरियोग्राफर, बुद्ध थापा र टिम छायाकार, प्रविण भट्ट सम्पादक, मिलन विश्वकर्मा रंग संयोजन तथा भीएफएक्स र शिव पौडेल द्वन्द्व निर्देशकका रूपमा रहेका छन् । भिडियोको पोष्ट प्रोडक्सन ‘गलवन्दी प्रोडक्सन’ मार्फत नै गरिएको हो । गीतका निर्माता प्रतिष्ठा गौतम र कार्यकारी निर्मातामा मोहन विश्वकर्मा तथा विन्दु बोहोरा रहेका छन् । सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयासस्वरूप आएको यो गीतले बलात्कारजस्ता अपराधका विरुद्ध आवाज उठाउँदै न्यायको मागलाई अझ मजबुत बनाउने जमर्को गरेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं र जीवनशैली

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana