Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

✍ सुवास संकल्प
साउन १८, २०८२ मा प्रकाशित
फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

इटहरी/ जातीय पहिचान, सांस्कृतिक विविधता र प्रेमकथालाई समेटेको नेपाली फिल्म ‘लडाइँ पहिचानको’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यसअघि रिलिज मिति घोषणा गर्दै प्रेमील पोष्टर सार्वजनिक गरिएको यस फिल्मले अहिले पोस्टरमार्फत प्रमुख कलाकारहरूको अवतार सार्वजनिक गरेको छ । पोस्टरको केन्द्रमा अभिनेता प्रशान्त तामाङलाई प्रस्तुत गरिएको छ भने अंग्रेजीमा फिल्मको शीर्षक उल्लेख गरिएको छ ।

पोष्टरमा प्रशान्तसँगै आन्दोलनको अग्रपंक्तिमा देखिएका अभिनेता सुवास योञ्जन र अन्य आक्रोशित भिडका दृश्यले कथावस्तुको गम्भीरता झल्काउँछन् । पोस्टरको माथिल्लो भागमा करिश्मा मानन्धर, प्रेम सुब्बा, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरू देखिन्छन् । अभिनेता धिरेन शाक्यलाई इन्स्पेक्टरको भूमिकामा प्रस्तुत गरिएको छ ।

फिल्मका लेखक, निर्देशक तथा निर्माता भीम लामाका अनुसार, आन्दोलनको दृश्य खिच्ने क्रममा प्रहरीले हानेको पानीको फोहराका कारण अभिनेता प्रशान्त तामाङ घाइते भएका थिए ।
भीम लामा फिल्मस् को ब्यानरमा तयार भएको यो फिल्म मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । मुख्य भूमिकामा प्रशान्त तामाङ र नव-नायिका जेनी तामाङ रहेका छन् ।

@parikalanewsofficial

यस्तै करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बुलगायत कोशी प्रदेशका दर्जनौँ कलाकारले अभिनय गरेका छन् ।

फिल्मको सम्पादन रमेश विश्वकर्माले गरेका छन् भने नृत्य निर्देशन मीन कुमार लिम्बु र सानुराजा लिम्बुले सम्हालेका छन् । एक्सन निर्देशन देव महर्जन र छायांकन मदन घिमिरे कायस्थले गरेका छन् । फिल्मको निर्मातामा भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ रहेका छन् । यो फिल्मलाई नेपालभर कुबेर सिने डीस्टिव्युटरले वितरणको जिम्मा लिएको छ ।

अगाडिकाे पाेस्ट

ब्लकबस्टर ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ मा रिलिज हुने

अर्काे पाेस्ट

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana