Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निताको डेब्यु निर्देशकीय फिल्म ‘सुखदुःख’मा मिथिलापछि मदनकृष्ण श्रेषठको इन्ट्री

✍ सुवास संकल्प
साउन १६, २०८२ मा प्रकाशित
निताको डेब्यु निर्देशकीय फिल्म ‘सुखदुःख’मा मिथिलापछि मदनकृष्ण श्रेषठको इन्ट्री

इटहरी/ स्वर्गीय निर्देशक शिव रेग्मीको कालजयी फिल्म ‘सुख–दुःख’को नाम पुनःप्रयोग गर्दै अभिनेत्री नीता ढुङ्गाना निर्देशनमा डेब्यु गर्दैछिन् । रेग्मीको स्मृतिमा समर्पित यस फिल्ममा बरिष्ठ कलाकारहरूको उपस्थितिले निर्माण सुरु हुनुअघि नै चर्चा पाएको छ । केही दिनअघि मात्र वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई अनुबन्ध गरिएकोमा, हालै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ पनि फिल्ममा आबद्ध भएका छन् ।

निर्देशक निताले शुक्रबार श्रेष्ठसँग कागजी सम्झौता गरेकी हुन् ।
फिल्म ‘सुख–दुःख’ नीता ढुङ्गानाको डेब्यु निर्देशन मात्र होइन, नेपाली फिल्म क्षेत्रका सशक्त कलाकारहरूको पुनर्मिलन पनि हो भन्दा फरक नपर्ला । अभिनेत्री तथा निर्मात्रीको रूपमा जिम्मेवारी सम्हालिरहेकी नीताले फिल्मलाई दिवंगत निर्देशक शिव रेग्मीको स्मृतिमा श्रद्धाञ्जली स्वरूप बनाउने घोषणा गरेकी छन् ।

केहीअघि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, “शिव रेग्मी सरको कालजयी फिल्म ‘सुख–दुःख’ को नाम पुनःप्रयोग गर्न पाउनु गौरवको विषय हो। श्रीमती ज्ञानु रेग्मी ज्यूको अनुमति र आशीर्वाद पाउनु मेरो लागि सौभाग्य हो।” यो फिल्मको प्राविधिक पक्षमा पनि विशेष ध्यान दिइएको छ । यसका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीमा अनुबन्ध भइसकेका छन् । निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ भने ‘नीता फिल्म्स’को ब्यानरमा फिल्म तयार हुँदैछ ।

@parikalanewsofficial

आगामी वर्षको दशैंको फूलपातीमा फिल्मलाई प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । फिल्मको वितरण अधिकार उपत्यका बाहिरका लागि एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्रको वितरण रिच इन्टरटेनमेन्टले गर्नेछ । बरिष्ठ कलाकारहरूको सहभागिता, भारतीय छायाँकारहरूको संलग्नता र शिव रेग्मीप्रतिको सम्मानसँगै फिल्म ‘सुखदुःख’ दर्शकहरूका लागि विशेष प्रतिक्षाको विषय बनेको छ ।

अगाडिकाे पाेस्ट

सिर्जनाको जन्मदिनमा मिरमिरे रिलिज लक, माघ १ देखि प्रदर्शनमा आउने पक्का

अर्काे पाेस्ट

नेपाली मौलिक कथामा फिल्म ‘रत्यौली’ निर्माण हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana