Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘रियाल रिङ्गेट’ प्रिमियरमा भावुक दृश्य, यही शुक्रवार देखि प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
साउन १५, २०८२ मा प्रकाशित
फिल्म ‘रियाल रिङ्गेट’ प्रिमियरमा भावुक दृश्य, यही शुक्रवार देखि प्रदर्शनमा आउँदै

इटहरी/ प्रवासी नेपालीहरूको कथा बोकेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ यही शुक्रबार देशभर रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजना गरिएको यसको भव्य प्रिमियरले दर्शक, कलाकार र समीक्षकहरूमाझ गहिरो प्रभाव छाड्यो । कार्यक्रममा फिल्म युनिटका सदस्यहरू, प्रतिष्ठित कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखिन्थ्यो ।

निर्देशक विभोर पोखरेल र निर्माता गगनलाल प्रधानको यो प्रस्तुतीले विदेशमा श्रम गरेर गुजारा चलाइरहेका नेपालीहरूको सपना, संघर्ष र पीडालाई पर्दामा उतारेको छ । फिल्मको शीर्षकमै खाडी र मलेसियाली मुद्रा ‘रियाल’ र ‘रिङ्गेट’ राखेर यसको कथावस्तुको गहिरो संकेत गरिएको छ । फिल्म हेरेपछि धेरै दर्शकहरू भावुक देखिए । “यो केवल एउटा चलचित्र होइन, लाखौँ नेपालीहरूको अन्तर्मनको कथा हो,” उपस्थीत दर्शकले भने ।

इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको सन्दर्भ फिल्ममा समेटिँदा हलमै आँखा रसाएका दृश्यहरू देखिए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मले निकै भावुक बनाएको बताए । त्यसैगरी, गायक प्रेमराजा महतले पनि फिल्मको प्रशंसा गर्दै भने, “धेरैपछि कुनै नेपाली फिल्मले यति प्रभाव छोड्यो । राजनीतिज्ञहरूले यो फिल्म हेर्नैपर्छ, यो देशको यथार्थ बोलेको छ।”

@parikalanewsofficial

फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन् । साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, रियर राई, रामचन्द्र अधिकारी, रोशन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न पाइन्छ । प्रदीप भारद्वाजको लेखनमा रहेको फिल्मको छायाङ्कन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायाङ्कन हरि घले, सम्पादन विपिन मल्ल, पृष्ठभूमि संगीत किरण तुलाधरले गरेका छन् ।

फिल्मको गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत छ भने, स्वर सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले दिएका छन् । ‘रियाल रिङ्गेट’ ले क्युएफएक्स, आइएनआई लगायतका देशभरका ठूला हलहरूमा एक सय हाराहारीमा शो प्राप्त गरेको छ । काफिया फिल्म्सले वितरण गरिरहेको फिल्म रेबेल फिल्मसको ब्यानरमा बनेको हो । फिल्मको अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ ।

अगाडिकाे पाेस्ट

‘अभिमन्यु : च्याप्टर-१’को तेश्रो पोष्टर सार्वजनिक, भदौ २७ मा रिलिज हुँदै

अर्काे पाेस्ट

नाजिर हुसेन अभिनीत ‘गुन्यु चोलो’को ट्रेलर रिलिज, लैंगिक पहिचानको मार्मिक कथा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana