इटहरी/ टिकटकबाट भाइरल हुँदै नेपाली म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी मोडल गृष्मा पौडेलले ग्लोबल स्टार अवार्ड २०२५ मा ‘दिलको लुटेरा’ गीतबाट उत्कृष्ट मोडलको उपाधि जितेकी छन् । यो अवार्ड उनको मोडलिङ करियरको पहिलो ठुलो सफलता हो, जसलाई उनले ‘अविष्मरणीय र जीवनको विर्सनै नसकिने क्षण’ भनेर वर्णन गरेकी छन् ।
नवलपरासीको बर्ताघाटमा जन्मिएकी र पाल्पालाई आफ्नो कर्मथलो बनाएकी गृष्माले ‘उताउलो जवानी’ बोलको गीतबाट म्युजिक भिडियोमा पाइला टेकेकी थिइन् । मोडलिङको यात्रामा उनले छोटो समयमै राम्रो उचाइ पाएकी छन् । डेब्यु गीतपछि उनले लुटेरा, फिदा भए म, मै अभागी रहेछु, अलविदा जस्ता गीतहरूमा अभिनय गरिसकेकी छन् ।
@parikalanewsofficial
गृष्मा पछिल्लो समय देश–विदेशका विभिन्न स्टेज कार्यक्रममा समेत व्यस्त देखिन्छिन् । टिकटकमा उनको लोकप्रियता लगातार बढिरहेको छ भने म्युजिक भिडियो क्षेत्रमा श्रीमानको पूर्ण समर्थनले उनको आत्मविश्वासमा थप ऊर्जा थपिएको छ ।
एक वर्षको छोटो करियरमै अवार्ड जितेर गृष्माले नेपाली मोडलिङ उद्योगमा आफ्नो उपस्थिति मजबुत बनाइसकेकी छन् ।















Discussion about this post