Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको ध्यान तान्दै

✍ परिकला न्यूज
साउन १५, २०८२ मा प्रकाशित
फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको ध्यान तान्दै

इटहरी/ भर्खरै सार्वजनिक भएको फिल्म ‘कोशेढुंगा’को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले छोटो समयमै दर्शकको ध्यान तानेको छ । नेपाली तीजको मौलिक स्वाद बोकेको यो डान्सिङ नम्बरले युट्युब, फेसबुकदेखि टिकटकसम्म व्यापक चर्चा पाएको छ । गीत सार्वजनिक भएको केही दिनमै युट्युबमा १० लाखभन्दा बढी भ्युज, फेसबुकमा ७० लाखभन्दा बढी भ्युज पुगेको छ भने २० हजारभन्दा धेरै टिकटक भिडियो निर्माण भइसकेको निर्देशक सरोज पौडेलले जानकारी दिए ।

उनका अनुसार गीतले सभ्य मनोरञ्जनमार्फत नेपाली संस्कृति जोगाउने प्रयास गरेको छ, जुन दर्शकले मनपराएका छन् । खेम सेन्चुरी, समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर रहेको यस गीतमा नेत्र अर्यालको शब्द र संगीत खेम सेन्चुरीको रहेको छ । विवाहित र अविवाहित महिलाको जीवनदृष्टिकोणलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा सुरक्षा पन्त र नीति शाहले अविवाहित पक्षको कल्पना प्रस्तुत गरेकी छन् भने ऋचा शर्माले विवाहित जीवनको अनुभूति बाँडेकी छन् । गीतले लोकप्रियता पाएको सन्दर्भमा निर्माण टिमले #नत्र_भने_जिन्दगी_व्यर्थ_छ ह्यासट्याग प्रयोग गरेर टिकटक प्रितस्पर्धा घोषणा गरेको छ । अगस्ट २० सम्म सहभागी हुन सकिने यस प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने १ जनालाई ३० हजार, सबैभन्दा रचनात्मक भिडियो बनाउने १ जनालाई २० हजार र सबैभन्दा धेरै लाइक पाउने भिडियो बनाउने १ जनालाई १० हजार पुरस्कारको व्यवस्था छ ।

@parikalanewsofficial

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कोशेढुंगा’ नेपाली फिल्म इतिहासमा पहिलो पटक ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने तयारीमा छ । ‘पूर्ण बहादुरको सारंगी’ निर्देशक सरोज पौडेलको निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटाको अभिनय रहेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मसको सहकार्यमा बनेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । दिनेश खड्का कार्यकारी निर्माता, बाबु श्रेष्ठ छायाँकार, नहकुल खड्का सम्पादक, आशिष अविरल र रिदम कँडेल संगीतकार र सुवलमणि सापकोटा कास्टिङ डाइरेक्टरका रूपमा संलग्न छन् । यसलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरनेसनल (प्याट्रिक सुवेदी र रमेश ढकाल) ले वितरण गर्दैछन् । ४२ देशमा एकसाथ रिलिज हुने यो फिल्मले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने ठूलो अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

मेलिना र अनुको तीज गीत ‘दर बनाइराछिन् आमा’मा आश्मा र अलिशाको नृत्य

अर्काे पाेस्ट

निरन्तर ३६ दिनमा सकियो ‘शिवांश : च्याप्टर-१’ को छायांकन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana