इटहरी/ हरितालिका तीजको रौनक सुरु भएसँगै सांगीतिक माहोल पनि तात्न थालेको छ । यही अवसर पारेर नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक गरिएको छ, जसले परम्परा, भावना र आधुनिक प्रस्तुतीको सशक्त समिश्रण बोकेको छ । नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतमा चर्चित गायिकाहरू मेलिना राई र अनु चौधरीको सुमधुर आवाज सुन्न सकिन्छ ।
रचनाकार बिनिता खनालका शब्दमा संगीत संयोजन तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनाइएको छ । लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्माले आमाको हातको दर सम्झिँदै रमाइलो नृत्य प्रस्तुत गरेका छन् । भिडियोको निर्देशन तथा कन्सेप्ट शान थापाको रहेको छ भने राजिव सम्मरले कोरियोग्राफी र अर्जुन तिवारीले छायांकन सम्हालेका छन् । हेर्नुस् भिडियो
लोकसंगीतमा सक्रिय बिनिता खनालको यसअघि ‘पदमबिनी’ एल्बम दर्शक–स्रोतामाझ लोकप्रिय बनिसकेको थियो । निर्माण टिमका अनुसार तीजको उमंग, हर्ष र संस्कृतिलाई उजागर गर्न यस वर्ष ‘दर बनाइराछिन् आमा’ सार्वजनिक गरिएको हो, जसले नेपाली महिलाको चाड तीजलाई अझ उल्लासमय बनाउने विश्वास लिइएको छ ।
@parikalanewsofficial












Discussion about this post