Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भाइरल बन्दै ‘माग्ने राजा’को गीत, नयाँ स्वरूपमा माग्नेबुढा

✍ सुवास संकल्प
साउन १२, २०८२ मा प्रकाशित
भाइरल बन्दै ‘माग्ने राजा’को गीत, नयाँ स्वरूपमा माग्नेबुढा

इटहरी/ नेपाली फिल्म ‘माग्ने राजा’को प्रचार तीव्र बन्दै जाँदा माग्ने बुढा अर्थात् केदार घिमिरेको नयाँ अवतारले दर्शक माझ कौतुहलता चुलिएको छ । पछिल्लो समय सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ ले मात्र होइन, त्यसमा देखिएको माग्नेको नयाँ स्वरुपले समेत फिल्मको कथावस्तुप्रति गहिरो चासो जगाएको छ । निर्देशक ऋषि लामिछानेका अनुसार, फिल्मको कथा यसै गीतमा देखिएको फेन्टासीमा आधारित छ ।

उनले स्पष्ट पारे, “पहिला टिजर र लोकगीतमा केदार घिमिरेलाई पुरानै छविमा देखाएका थियौँ, जसले केही दर्शकलाई भ्रममा पारेको थियो । तर अहिले सार्वजनिक गीतमार्फत हामी सिनेमा कहाँ जाँदैछ भन्ने स्पष्ट संकेत दिएका छौँ ।” निर्माता मुनाल घिमिरेले ‘माग्ने राजा’ लाई केवल हाँसोका लागि मात्र नभई सामाजिक सन्देश बोकेको फिल्मको रूपमा परिभाषित गरेका छन् । उनका अनुसार, “हाँसो भन्दैमा हलुका मजाक छैन । हामीले समस्यालाई हाँसोभित्रै संकेत गरेर समाधानतर्फ लैजाने प्रयास गरेका छौँ । यसले फिल्मपछि दर्शकमा बहसको वातावरण बनाउनेछ भन्ने विश्वास छ ।” हेर्नुस् भिडियो ।

पोस्टर रिलिजपछि आक्रामक प्रचारमा उत्रिएको फिल्मले अहिलेसम्म दुई गीत र एक टिजर सार्वजनिक गरिसकेको छ । टिजरले १२ लाख हाराहारीमा भ्युज बटुलिसकेको छ भने ‘म त सुतेर उठेको पैसामा’ गीतले पाँच दिनमै २१ लाख भ्युज पार गर्दै भाइरल बनेको छ । यो गीत टिकटकमा समेत लोकप्रिय बनिरहेको छ, जसले फिल्मप्रति थप आकर्षण पैदा गरेको छ ।

भदौ ६ गते रिलिज हुने ‘माग्ने राजा’मा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल आदिको अभिनय रहनेछ । ऋषि लामिछानेद्वारा निर्देशित र मुनाल घिमिरेद्वारा निर्मित फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन र सामीप्य राज तिमल्सेनाको लेखन रहेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘स्प्लिट्सभिल्ला १४’ का अनिकेत पाख्रिन ‘सुम्निमा’ मार्फत नेपाली फिल्ममा डेब्यु

अर्काे पाेस्ट

‘बिस्ताराले पोल्यो’को दोश्रो भाग ‘खान्याइदेऊ पनि’ सार्वजनिक, पुनः बोल्ड देखिईन् संचिता बोलाखे

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana