Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निलो उज्यालोमा लुकेको अँध्यारो कथा: ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक

✍ परिकला न्यूज
साउन १०, २०८२ मा प्रकाशित
निलो उज्यालोमा लुकेको अँध्यारो कथा: ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक

इटहरी/ आगामी मङ्सिर १२ गतेलाई प्रदर्शन मिति तय गर्दै आत्मा र मनोविज्ञानको गहिरो द्वन्द्व बोकेको फिल्म ‘द ब्ल्यू लाइट’ले दर्शकसामु आफ्नो पहिलो झलक प्रस्तुत गरेको छ । निलो र प्रकाशयुक्त पृष्ठभूमिमा अडिएको यो झलक रहस्य, डर र आन्तरिक पीडाको यात्राको संकेतजस्तै देखिन्छ । नायिका बेनिशा हमालको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यो झलकसँगै निर्माण टिमले फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरेको छ ।

फिल्मको टिजरले आरम्भमै एक मनोवैज्ञानिक तनावमा रहेकी छोरी र त्यसलाई बुझेका बुवाको संवाद देखाउँछ । छोरीले सपनामा बुवा मरेको देखेकी हुन्छिन्, बुवा भने ‘जसलाई मरेको सपना देखिन्छ, त्यो मान्छे धेरै बाँच्छ’ भन्दै छोरीलाई ढाडस दिन्छन् । टिजरको दोस्रो भागमा दर्शक एक अनिश्चित वातावरणमा प्रवेश गर्छन्, जहाँ हतियार बोकेर हिँडिरहेकी एक युवती छिन्, अर्को युवती भयको आवाजमा थरथराइरहेकी । यिनै दुईबीचको मनोवैज्ञानिक संघर्ष र डरलाई जित्ने प्रयास झल्किन्छ । हेर्नुस् पहिलो झलक ।

पोस्टरमा देखिएका तीन मुख्य पात्र-बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ-सबैजना तनावपूर्ण अनुहारमा प्रस्तुत छन् । विशेषगरी, सृष्टिको हातमा देखिएको रगतले लतपतिएको बन्चरोले फिल्मको हिंसात्मक रहस्यलाई गहिरो बनाउँछ । बलिराम चौहानको निर्देशनमा बनेको यो फिल्म उनको डेब्यु निर्देशन हो । उनी ‘बलिदान’ फिल्ममा लेखक र मुख्य सहायक निर्देशकको रूपमा पहिल्यै परिचित भइसकेका छन् ।

@parikalanewsofficial

‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, सृष्टिसँगै महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सुरक्षा इटानीको अभिनय देख्न पाइनेछ भने बाल कलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् । हालसम्म फिल्मको कथावस्तु र पात्रको विवरण गोप्य राखिएको छ । निर्देशक चौहानले दर्शकको उत्सुकता जोगाउँदै कथालाई क्रमशः खुलाउँदै लैजाने बताएका छन् । फिल्मका सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे, कार्यकारी निर्माता नरेन्द्र मैनाली र बेनिशा हमाल हुन् । मैनालीले नै छायांकनसमेत गरेका छन् । आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकको रूपमा संलग्न छन् ।

अगाडिकाे पाेस्ट

अस्तित्वको खोजीमा चन्द्र: मण्डलामा मञ्चन भइरहेको छ नाटक ‘चन्द्रलाई कसले मार्यो?’

अर्काे पाेस्ट

विजय, गौरव, मिरुना र केकीको ठुम्का सहित ‘जनै हराएको मान्छे’को गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana