Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सर्टफिल्म ‘निःशब्द’को फस्टलुक सार्वजनिक, नि:सन्तान जोडीको पीडादायी कथा

✍ परिकला न्यूज
साउन १०, २०८२ मा प्रकाशित
सर्टफिल्म ‘निःशब्द’को फस्टलुक सार्वजनिक, नि:सन्तान जोडीको पीडादायी कथा

इटहरी/ नि:सन्तान दाम्पत्यको संवेदनशील कथालाई केन्द्रमा राखेर तयार पारिएको सर्ट फिल्म ‘निःशब्द’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । कौतुहलता जगाउने उक्त पोस्टरमार्फत फिल्मले समाजमा व्याप्त एउटा गहिरो पीडालाई चित्रण गर्न खोजेको संकेत मिलेको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा बनेको फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको अभिनय देख्न पाइनेछ ।

फिल्मका लेखक, निर्देशक तथा निर्माता हुन् रामजी ज्ञवाली । छायांकन शंकल्प भुजेल, सम्पादन नहकुल खड्का, साउन्ड डिजाइन भरत कंडेल र कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ । फिल्म हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको निर्देशक ज्ञवालीले बताएका छन् । ज्ञवालीका अनुसार, फिल्म ‘निःशब्द’लाई च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने योजना रहेको छ भने यसलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पनि पठाइनेछ ।

युट्युबमा रिलिज गर्ने विकल्पलाई भने प्राथमिकता दिइएको छैन । उनले भनेका छन्, “पहिला फिल्मको सम्पूर्ण काम सकिएपछि दर्शकसामु ल्याउने तरिका तय गर्नेछौं । सर्ट फिल्ममा लामो फिल्मजस्तो समय हुँदैन, त्यसैले हामीले छोटो समयमा धेरै भन्न खोजेका छौं । दर्शकले ती कुराहरू महसुस गर्नेछन् ।” फिल्मले सन्तान नहुँदा पारिवारिक र सामाजिक दबाबले विवाहित जोडीले भोग्नुपर्ने मानसिक पीडा, मौनता र विवशता झल्काउने निर्माण टिमको भनाइ छ ।

@parikalanewsofficial

निर्देशक ज्ञवाली भन्छन्, “यो फिल्मले भावनात्मक रूपमा दर्शकलाई छुनेछ र समाजलाई सोच्न बाध्य पार्नेछ।” रामजी ज्ञवालीले यसअघि ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ निर्माण गरेका छन्, जसले प्रदर्शनको पर्खाइ गरिरहेका छन् । विशेषगरी ‘रित्तो गाउँ’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू जितिसकेको छ र विभिन्न फिल्म फेस्टिभलहरूमा पनि प्रदर्शन भइरहेको छ । एक दशक लामो पत्रकारिता यात्रा पछाडि फिल्म निर्देशनमा होमिएका ज्ञवालीले ‘डार्कमुन’, ‘एक लभर’, ‘हनिमुन’, ‘आराध्या’ र ‘लिलामी’ लगायत चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

अगाडिकाे पाेस्ट

‘मोहर’ ट्रेलरमा प्रेम, पीडा र परम्पराको गहिरो कथा, साउन २३ गतेबाट प्रदर्शन हुँदै

अर्काे पाेस्ट

अस्तित्वको खोजीमा चन्द्र: मण्डलामा मञ्चन भइरहेको छ नाटक ‘चन्द्रलाई कसले मार्यो?’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana