Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मोहर’ ट्रेलरमा प्रेम, पीडा र परम्पराको गहिरो कथा, साउन २३ गतेबाट प्रदर्शन हुँदै

✍ परिकला न्यूज
साउन १०, २०८२ मा प्रकाशित
‘मोहर’ ट्रेलरमा प्रेम, पीडा र परम्पराको गहिरो कथा, साउन २३ गतेबाट प्रदर्शन हुँदै

इटहरी/ नेपाली समाजमा गहिरिएर बसेको देउकी प्रथालाई मुख्य विषयवस्तु बनाउँदै तयार पारिएको फिल्म ‘मोहर’ आगामी साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म यूनिटले ट्रेलर सार्वजनिक गरेको छ । सामाजिक यथार्थ, प्रेम र पीडाको कथा बोकेको यो फिल्म ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको हो ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा बनेको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । सार्वजनीक ट्रेलरमा अभिनेता पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाहको प्रेम सम्बन्ध, सामाजिक परम्परा र विद्रोहको कथा प्रस्तुत गरिएको छ । साथमा लक्ष्मी गिरी, अर्जुन जंग शाही, बाल कलाकार सारा शर्मा लगायतका कलाकारको सशक्त अभिनय देख्न सकिन्छ । हेर्नुस् ट्रेलर ।

ट्रेलरले एक बालिकालाई देउकी चढाउने कथाबाट सुरू भएर सामाजिक संघर्ष र प्रेमका आरोह-अवरोह समेटेको छ । पल शाहको भूमिका बेनिशा र नीतिसँगको सम्बन्धमार्फत द्वन्द्वपूर्ण देखिन्छ भने, देउकी प्रथाविरुद्धको प्रतिवाद र पीडाको भावनाले ट्रेलरलाई संवेदनशील बनाएको छ । पहिले नै चर्चामा रहेका दुई गीत र टिजरपछि ट्रेलरले दर्शकमा फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ ।

ट्रेलर हेर्दा लाग्छ-‘मोहर’ले एकैसाथ मनोरञ्जन, सामाजिक सन्देश र भावनात्मक गहिराइ दिनेछ । फिल्ममा मिथिला शर्मा, रविन्द्र झा, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायत कलाकारको समेत मुख्य भूमिका रहेको छ । फिल्मको दृश्यांकन दीपेन बस्न्यातले गरेका हुन् ।

@parikalanewsofficial

यो फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले, कलर रेनिश फागोले, र संगीत सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीले गरेका छन् । ट्रेलर साहिल खानले तयार पारेका हुन् । फिल्मका कोरियोग्राफर रामजी लामिछाने र कविराज गहतराज हुन् भने एक्सन डिजाइन कुमार महर्जनको रहेको छ । सहायक निर्देशक गिरिराज घिमिरे र प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल रहेका छन् । ‘मोहर’ शीर्षक नै कथाको आत्मा बनेको ट्रेलरले फिल्मप्रतिको उच्च आशा बोकेको छ । बक्स अफिसमा समेत यसले सुखद नतिजा ल्याउने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रियाल रिङ्गेट’टीम कविता र गीतमार्फत क्याम्पसमा फरक शैलीले प्रचार गर्दै

अर्काे पाेस्ट

सर्टफिल्म ‘निःशब्द’को फस्टलुक सार्वजनिक, नि:सन्तान जोडीको पीडादायी कथा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana