इटहरी/ हास्य टेलिफिल्मबाट ख्याति कमाएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फिल्म निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘झरी पछिको इन्द्रेणी’ लाई चलचित्र विकास बोर्डले निर्माणको अनुमति दिएको छ । हो फिल्ममा सुशिल कडरिया प्रस्तुतकर्ता रहेका छन् भने कथा कुमार ब्यञ्जनकारले लेखेका हुन् ।
यो फिल्मको गीत लेखनमा भने गणेश कार्की, काठमाण्डौ महानगरपालिकाका मेयर तथा र्यापर बालेन शाह र सुजन चापागाईंको साथ रहनेछ । रियासा दाहाल फिल्मकी निर्माता हुनेछिन् । ‘झरी पछिको इन्द्रेणी’ शीर्षकले नै आशा, रंग र पुनः सुरुवातको संकेत गर्ने यस फिल्ममा सामाजिक र भावनात्मक पाटोलाई समेटिने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial
फिल्मको प्रि-प्रोडक्सनको काम अगाडि बढिरहेको छ भने कलाकार छनोट र छायांकन तालिका चाँडै सार्वजनिक गरिने बताईएको छ । पछिल्लो समय हास्य टेलिफिल्ममा ख्याति कमाएका कलाकारहरु फिल्म निर्देशनमा होमिने लहर नै चलिरहेको छ ।












Discussion about this post