इटहरी/ केही महिना अघि सम्पन्न टेलिभिजन गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ की निर्णायक तथा गायिका डा. त्रिशला गुरुङले शो सकिएको तीन महिना बितिसक्दा पनि पारिश्रमिकको आधा रकमसमेत नपाएको गुनासो सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत स्ट्याटस पोस्ट गर्दै उनले शोका रनर प्रमोद भण्डारीले सम्झौता अनुसारको रकम नदिएको र सम्पर्कका सबै माध्यमहरूमा बेवास्ता गरेको आरोप लगाएकी हुन् ।
उनले लेखेकी छन्, “आज हाम्रो देशको मनोरञ्जन उद्योगको अवस्था देखेर म अत्यन्तै दुःखी छु। हामी सधैं आफ्नो कामप्रति इमानदार रह्यौं र यो ब्रान्डलाई आफ्नै जस्तो मानेर काम गर्यौं। तर शो सम्पन्न भएको ३ महिना बितिसक्दा पनि सम्झौतामा उल्लेख गरिएको रकमको आधा पनि हामीले पाएका छैनौं।”
@parikalanewsofficial
डा. गुरुङले उद्योगभित्र मौखिक आश्वासन र लिखित सम्झौतासमेतलाई बेवास्ता गरिनु दुःखद रहेको उल्लेख गर्दै अब यो समस्या समाधान कसरी गर्ने भनेर सुझाब र सहयोग सामाजिक सञ्जालबाटै मागेकी छन् । उनले सबै मिडिया पार्टनरहरू र प्रोडक्सन कम्पनीहरूलाई ट्याग गर्न आग्रह गर्दै भनिन्,“सम्पूर्ण भुक्तानीको जिम्मेवारी सम्पर्कमै नभएका एउटै व्यक्तिमा सारिएको जस्तो देखिन्छ ।” शोका आयोजक प्रमोद भण्डारीले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।












Discussion about this post