Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपाली फिल्म ‘नाकछोङ’को अन्तर्राष्ट्रिय प्रदर्शन यूकेबाट सुरु

✍ परिकला न्यूज
साउन ६, २०८२ मा प्रकाशित
नेपाली फिल्म ‘नाकछोङ’को अन्तर्राष्ट्रिय प्रदर्शन यूकेबाट सुरु

इटहरी/ ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ जस्ता फिल्महरू र चर्चित टेलिभिजन शृंखला निर्माण गरिसकेका अनुभवी निर्माता ज्योतिराज राईको निर्माणमा बनेको फिल्म ‘नाकछोङ’ (बिजुवा) ले आफ्नो प्रदर्शन सुरु गरेको छ । नेपाल प्रदर्शन भन्दा पहिला अन्तर्राष्ट्रिय प्रदर्शन थालनी गरेको यो फिल्मको पहिलो प्रदर्शन यूकेमा भव्य तवरले गरिएको छ ।

आफ्नै मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ निर्मित फिल्म ‘नाकछोङ’ (बिजुवा) ले यही जुलाई २० मा बेलायतको ‘द आसफोर्ड सिनेमा’ मा आयोजित कार्यक्रमका माझ विशेष प्रदर्शनी गरियो । प्रदर्शनमा स्थानीय नेता, व्यवसायी, भिआइपी र बेलायतमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्मको विशेष शोमा निर्माता ज्योतीराज राई स्वयं उपस्थित थिए ।

प्रदर्शनीपश्चात् दर्शकहरूले फिल्मको कथावस्तु र निर्माण पक्षको खुलेर प्रशंसा गरेका छन्, जसले नेपाली मौलिकतामा आधारित यस कृतिको महत्त्वलाई थप उजागर गरेको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का.स आसफोर्ड शाखाले सम्पन्न गरेको थियो । ‘नाकछोङ’ को अन्तर्राष्ट्रिय प्रदर्शन यूकेमा मात्र सीमित रहने छैन । बेलायतस्थित किरात राई यायोक्खाका सत्रै शाखाहरूमा यस फिल्मको प्रदर्शन गरिने तय भइसकेको छ ।

@parikalanewsofficial

निर्माता राईका अनुसार, यो फिल्म युरोपका पाँच प्रमुख स्थानसहित हङकङ, कोरिया, अष्ट्रेलिया, जापान, सिंगापुर, ब्रुनाई, मलेसिया लगायतका देशहरूमा पनि विशेष प्रदर्शनको मिति टुंगो लागिसकेको छ । यसले नेपाली कला र संस्कृतिको विश्वव्यापी प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ‘नाकछोङ’ ले किरात राई समुदायको परम्परागत ‘बिजुवा’ पात्रको महत्त्व र संरक्षणको विषयलाई उजागर गरेको छ ।

रीतिरिवाज, कुलपूजादेखि विवाहसम्मका परम्परामा नाकछोङ (बिजुवा) को भूमिकालाई फिल्मले जीवन्त रूपमा प्रस्तुत गरेको छ । निर्माता ज्योतीराज राईका अनुसार, यो फिल्म आफ्नै परम्परालाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्यले निर्माण गरिएको हो । फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ ।

बालकलाकार जेशन राईको विशेष अभिनय पनि यस फिल्ममा देख्न सकिन्छ । किरण राईले यस फिल्मको निर्देशन गरेका छन् । यो उनको निर्देशनमा बनेको तेस्रो फिल्म हो । यसअघि उनले ‘लुङा’ र ‘जिउपंचौ’ जस्ता सफल फिल्महरू निर्देशन गरिसकेका छन् । फिल्मको लेखन पनि किरण राईले नै गरेका हुन् । पोपीराज राई सह-निर्माता रहेको यस फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका छन् ।

‘नाकछोङ’को गीतमा राजन मुकारुङ र विष्णु किरातीको शब्द रहेको छ भने संगीत दिनेशकाजी वान्तवा र अनिल कोई राईले दिएका छन् । नोगेन लिम्बु र परेस राईले गीतमा स्वर दिएका छन् । सहायक निर्देशकको भूमिकामा बारत लिम्बु रहेका छन् भने कार्यकारी निर्माता रमु श्रेष्ठ र निर्माण नियन्त्रकमा गिरीराज राई र कमल लिम्बु (सार्के) छन् । निर्माता राईका अनुसार, ‘नाकछोङ’ लाई नेपालमा भने तत्काल प्रदर्शन गरिने छैन । विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन गरेपछि मात्र नेपालमा सार्वजनिक रूपमा प्रदर्शन गरिने योजना रहेको छ ।

अगाडिकाे पाेस्ट

‘होस्टेल अगेन’ पोष्टरमा ‘च्यातिएको पन्नामा गुलाबको फूलमाथि रगत पोतिएको चक्कु’

अर्काे पाेस्ट

फिल्म ‘सुम्निमा’मा अनुप विक्रम शाही अनुबन्ध, अनुपको मिलन चाम्ससँग चौथो सहकार्य

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana