Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘होस्टेल अगेन’ पोष्टरमा ‘च्यातिएको पन्नामा गुलाबको फूलमाथि रगत पोतिएको चक्कु’

✍ परिकला न्यूज
साउन ६, २०८२ मा प्रकाशित
‘होस्टेल अगेन’ पोष्टरमा ‘च्यातिएको पन्नामा गुलाबको फूलमाथि रगत पोतिएको चक्कु’

इटहरी/ डायरीको च्यातिएको पन्ना माथि रगतले लतपतिएको चक्कु र त्यसले च्यापेको गुलाबको फूल-‘होस्टेल अगेन’को पोस्टर हेर्दा नै यो ‘होस्टेल’ शृङ्खलाको अघिल्ला टीनएज ड्रामाभन्दा फरक, गहिरो र रहस्यमय यात्राको संकेत दिन्छ । ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण टिमले यो नयाँ श्रृंखला घोषणा गर्दै सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरको हिंसात्मक र संवेदनशील प्रतीकले प्रेम, द्वन्द्व र रहस्यको त्रिकोणीय मिश्रण झल्काउँछ । ‘होस्टेल अगेन’ शीर्षकमा ‘अगेन’ शब्द जोडिनु र पोस्टरको लय हेर्दा यो अघिल्लो कथाको निरन्तरता हो कि होइन भन्ने प्रस्ट नभए पनि, यसले ‘होस्टेल’ ब्रान्डको नयाँ अध्यायको सुरुवात हुने संकेत गर्छ । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन् ।

यो नयाँ फिल्ममा ‘होस्टेल ३’ कै निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माता सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स तथा कार्यकारी निर्माता शङ्कर कोइराला यथावत् रहेका छन् । सशान कँडेलले पहिलोपटक निर्देशन गरेको ‘होस्टेल ३’ ले हलमा ५१ दिन प्रदर्शन गर्दै सफलता बटुलेको थियो । ‘होस्टेल ३’ मार्फत पारस बम, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान जस्ता ताजा अनुहारहरूले दर्शकको मन जिते ।

@parikalanewsofficial

अब ‘होस्टेल अगेन’ मार्फत पनि नयाँ पुस्ताका कलाकारलाई अवसर दिने परम्परा कायम रहने अपेक्षा गरिएको छ । ‘होस्टेल’ सिरिजको पहिलो भाग २०७० मा हेमराज बिसीले र दोस्रो भाग ‘होस्टेल रिटर्न्स’ २०७२ मा सुरज भुसालले निर्देशन गरेका थिए । तेस्रो भाग ‘होस्टेल ३’ भने गत वर्षको फागुन २३ गते सार्वजनिक भएको थियो । ‘होस्टेल अगेन’ को छायाङ्कन चाँडै सुरु हुने बताइएको छ । यसअघि यिनै टिमले ‘बाउ भर्सेस छोरा’ घोषणा गरे पनि कलाकारहरूको व्यस्तताका कारण त्यो परियोजना अर्को वर्षका लागि सारिएको निर्देशक कँडेलले जनाएका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रीमै’ अब भाद्र २० देखि प्रदर्शनमा आउने, सार्वजनीक भयो टिजर

अर्काे पाेस्ट

नेपाली फिल्म ‘नाकछोङ’को अन्तर्राष्ट्रिय प्रदर्शन यूकेबाट सुरु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana