इटहरी/ नेपाली फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै गरेकी अभिनेत्री सनिशा भट्टराई पोखरामा आयोजना हुने ‘वत्सल्य एभरेष्ट महिला भलिबल लिग–२०२५’ को सद्भावना दूतमा नियुक्त भएकी छन् । आयोजक टिमले भट्टराईलाई आधिकारिक रूपमा सद्भावना दूत घोषणा गरेको हो ।
सद्भावना दूतको रूपमा पोखरा निन्जाजको प्रतिनिधित्व गर्दै लिगमा सहभागी हुने उनले यो अवसरलाई गौरवको रूपमा लिएकी छिन् । “यो केवल खेल प्रतिस्पर्धा होइन, महिलाको सशक्तीकरणको अभियान हो,” उनले भनिन्, “खेलमार्फत महिलाको क्षमता उजागर गर्न सामूहिक प्रयास जरुरी छ ।”
भलिबललाई नेपालको राष्ट्रिय खेलका रूपमा स्मरण गर्दै उनले अबका दिनमा खेलकुद क्षेत्रमार्फत महिला सशक्तीकरणलाई अगाडि बढाउने अठोट व्यक्त गरिन् ।
सद्भावना दूतको भूमिकामा उनले आगामी पुस्ताका खेलाडीहरूका लागि अवसर निर्माण गर्न, अवरोधहरू तोड्न र खेलजगतमा सक्रिए भूमिका खेल्ने वाचा गरेकी छन् । फिल्ममा अभिनय यात्रा ‘१२ गाउँ’ फिल्मबाट सुरु गरेकी भट्टराईले केही समयअघि अभिनेता राजेश हमालसँग ‘नरसिंहा अवतार’ मा समेत अभिनय गरेकी थिइन् ।
@parikalanewsofficial
हाल उनी रंगमञ्चमा पनि पाइला टेक्ने तयारीमा छिन् । ‘शिरिषको फूल’ नाटकमार्फत चर्चित अभिनेता जीवन लुइटेलसँग पहिलो पटक रंगमञ्चमा स्क्रिन शेयर गर्दैछिन् । छोटो समयमा फिल्मी पर्दामा मात्रै होइन, रंगमञ्च र खेलकुदजस्ता विविध क्षेत्रमा सक्रिय हुँदै गरेकी अभिनेत्री भट्टराईको यो यात्रा नयाँ पुस्ताका लागि प्रेरणादायी बन्ने देखिन्छ ।















Discussion about this post