इटहरी/ देशविदेशमा रोजगारीका नाममा भोगिने नेपाली युवाको वास्तविक पीडा बोकेको फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । सामाजिक सन्देशसहितको कथा प्रस्तुत गर्ने प्रयासमा रहेको यो फिल्म आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । टिजर सार्वजनिक भएको छोटो समयमै १२ लाखभन्दा बढीपटक हेरिएको छ भने युट्युब कमेन्टमा फिल्मप्रति चासो र भरोसा देखिएको छ ।
सार्वजनीक टिजरका अनुसार फिल्ममा विजय बरालको अभिनयलाई दर्शकले विशेष रूपमा मन पराएका छन् । लामो समयदेखि कतार, मलेसिया, दुबईका कथाले बजार लिइरहेको नेपाली फिल्म उद्योगमा कोरियामा काम गर्न गएका नेपालीको कथा उठान गरिएको यस फिल्मलाई ताजगीका रूपमा हेरिएको छ । निर्देशक हिमाल न्यौपानेले विषयवस्तु र पात्रको छनोटप्रति दर्शक सन्तुष्ट देखिएको प्रतिक्रिया आएको बताएका छन् । उनले दर्शकले फिल्मलाई मन पराउने विश्वास दिलाउँदै कथादेखि निर्माणसम्मको मेहनतको उल्लेख गरेका छन् । हेर्नुस् टिजर ।
फिल्ममा विजय बराल र केकी अधिकारीसँगै मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय रहेको छ । निर्देशक न्यौपानेलाई ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतले असोसियट निर्देशकको रूपमा साथ दिएका छन् । भानुभक्त ढकालले लेखेको कथा, पटकथा र संवादमा आधारित यो फिल्म पेपरक्लिप ब्यानरमा निर्माण भएको हो ।
निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्माता नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरुङको छायांकन, शाहिल खानको टिजर–ट्रेलर सम्पादन, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, सुप्रिम पराजुलीको कलरिङलगायतको समावेश छ । ‘पूर्णबहादुरको सारंगी’बाट राष्ट्रिय अवार्ड जितेका विजय बराल यो फिल्ममार्फत पुनः मुख्य भूमिकामा फर्किंदैछन् । सशक्त कथा र अनुभवी कलाकारहरूको प्रस्तुति रहेको यो फिल्मले नेपाली दर्शकलाई गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial














Discussion about this post