Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपाली फिल्ममा दृश्यात्मक क्रान्ति: ‘बलिदान’को विशाल पोस्टरले दर्शकको ध्यान केन्द्रित

✍ परिकला न्यूज
साउन ३, २०८२ मा प्रकाशित
नेपाली फिल्ममा दृश्यात्मक क्रान्ति: ‘बलिदान’को विशाल पोस्टरले दर्शकको ध्यान केन्द्रित

इटहरी/ नेपाली फिल्म उद्योगमा यसपालिको वडा दशैं विशेष बन्ने देखिएको छ । त्यो पनि बहुप्रतीक्षित फिल्म ‘बलिदान’ले ल्याएको दृश्यात्मक क्रान्तिका कारण । दशैंको फूलपातीको उत्सवसँगै फिल्मको ६० फिट अग्लो र १६ फिट चौडा विशाल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण युनिटले प्रचारप्रसारको नयाँ अभ्यास सुरु गरेको छ । बिहीबार काठमाडौंको गोङ्गबुस्थित ल्होत्से मलको बाहिरी भागमा राखिएको उक्त पोस्टरले नयाँ शैलीको सुरूवात गरेकाे छ ।

सार्वजनीक पोस्टरमा अभिनेता समीर भट्ट रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा एक दैत्याकार आकृतिमाथि भालाजस्तो अस्त्र चलाउँदै देखिन्छन् । आकाशमा कालो बादल, पृष्ठभूमिमा आगोको राप, अनि जमिनको अन्धकारले यो दृश्यलाई गहिरो सिनेम्याटिक अनुभूति दिएको छ । निर्देशक सन्तोष सेनले पोस्टरसँगै फिल्मलाई ‘सिनेम्याटिक क्रान्तिको सुरुवात’को संज्ञा दिएका छन् ।

“बलिदान अब केवल एउटा फिल्म होइन, यो हाम्रो भावना, हाम्रा संघर्ष र देशप्रेमको कथा हो,” उनले भने । सेनका अनुसार फिल्मले दृश्य संरचना, कथा र पात्र विकासमा अत्यधिक मिहिनेत गरिएको छ, जसले यो परियोजनालाई एक विशेष सिनेम्याटिक अभियान बनाएको छ – ‘यो ज्यान बलिदान’।

@parikalanewsofficial

विदेशी फिल्मको भिडमा पनि मौलिकता र आत्मबलमार्फत छुट्टै पहिचान बनाउने लक्ष्यसहित निर्माण भएको ‘बलिदान’ले गाउँदेखि सहरसम्म, टोलदेखि बस्तीसम्मका दर्शकलाई समेट्ने उद्देश्य लिएको निर्देशकको भनाइ छ । यही सन्दर्भमा ‘बलिदान ब्यानर’मार्फत देशव्यापी प्रचार–प्रसार अभियान सुरु गरिएको छ । यसअघि अभिनेता सौगात मल्लको रहस्यमय लुकसहितको पोस्टर, समीर भट्टको जन्मदिनमा सार्वजनिक गरिएको प्रि-टिजर, र समीर भट्ट तथा कविता रायका पात्र पोस्टरहरूले समेत राम्रो चर्चा बटुलेका थिए ।

‘आसुसेन फिल्म्स् प्रा.लि.’को ब्यानरमा निर्माण भएको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र प्रेम पुरी लगायतको दमदार अभिनय समेटिएको छ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । ‘बलिदान’को यो भव्य तयारीले यसलाई केवल दशैंको एउटा फिल्म नभई, नेपाली फिल्ममा एक ऐतिहासिक मोडको रुपमा स्थापित गर्ने संकेत देखिएको छ ।

अगाडिकाे पाेस्ट

सुरक्षाले मुकुनको खुट्टा तान्दै गरेको दृश्यसहित ‘चमेलीको पोइ’को फर्स्टलुक सार्वजनिक

अर्काे पाेस्ट

‘जनै हराएको मान्छे’को टिजरलाई सकारात्मक प्रतिक्रिया, फिल्मको व्यग्र प्रतीक्षा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana