इटहरी/ अभिनेत्री सुरक्षा पन्त र अभिनेता मुकुन भुसालको अनौठो केमेस्ट्री झल्किने पोस्टरसहित नेपाली फिल्म ‘चमेलीको पोइ’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंको नारायणस्थानमा आयोजित विशेष कार्यक्रममा तीनवटा भिन्न शैलीका पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म चैत १३ गते प्रदर्शनमा आउने घोषणा गरेको हो । सार्वजनिक पोस्टरहरूमा कलाकारहरूको अवतार निकै रोचक देखिन्छ ।
एक पोस्टरमा सुरक्षा पन्त मुकुन भुसालको खुट्टा तानिरहेकी छन्, अर्काेमा उनी बन्दुक बोकेर देखा परेकी छन् भने मुकुनले हातमा ठेकी र गुलाबको फूल समातेका छन् । तेस्रो पोस्टरमा अधिकांश कलाकारहरू समेटिएका छन्, जहाँ मुकुनले सुरक्षाको खुट्टा मालिस गरिरहेको दृश्य प्रमुख आकर्षण बनेको छ ।

एभरेस्ट सूर्य बोहराको निर्देशनमा तयार भएको फिल्ममा मुकुन र सुरक्षाका साथै नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही र रितु मल्ल ठकुरीको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । फर्स्टलुकले नै दर्शकलाई हास्य र व्यंग्य मिसिएको रोचक कथाको संकेत दिएको छ ।


@parikalanewsofficial















Discussion about this post