इटहरी/ जीवनका आरोह-अवरोह पार गर्दै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री बनेकी नेपालकी मनिषा कोइरालाले बेलायतको ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेकी छन् । नेपाली र भारतीय फिल्म दुबैमा आफ्नो अभिनयकला स्थापित गराइसकेकी मनिषालाई विश्वविद्यालयले जीवनमा गरेको योगदान र प्रेरणादायी यात्राको कदरस्वरूप यो सम्मान दिएको हो ।
उपाधि ग्रहणको भावुक क्षण साझा गर्दै उनले सामाजिक सञ्जालमा भिडियोसहित लेखेकी छन्, “म यहाँ शिक्षाको परम्परागत बाटो भएर आएको व्यक्तिको रूपमा होइन, जीवनमा कडा परिश्रम, असफलता, लचिलोपन र सेवामार्फत सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु ।”
उनले थप लेखेकी छन्, “यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्ने भन्दा बढी अर्थपूर्ण छ । यो प्रमाण हो कि तपाईं जहाँबाट सुरू गर्नुहुन्छ, तपाईंको यात्रा महत्वपूर्ण छ ।” केही समयअघि मात्र नेटफ्लिक्सको बहुचर्चित सिरिज ‘हीरामण्डी’ मा मलिकाजानको भूमिका निभाएर चर्चामा आएकी मनिषा हालसम्मका संघर्षहरूलाई जीवनको पाठशाला ठान्छिन् । उनको यो उपलब्धिले नारी सशक्तिकरण, आत्मबल र जीवनको आशाको कथा थप उज्यालो बनाएको छ ।
@parikalanewsofficial















Discussion about this post