इटहरी/ नेपाली समाजमा गहिरिएर जरा गाडेका कुसंस्कारमाथि प्रहार गर्दै निर्माण भएको फिल्म ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ । आगामी साउन २३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्मले गीत, टिजर र कथावस्तु मार्फत समाजको यथार्थ झल्काउने प्रयास गरेको देखिन्छ । बुधबार सार्वजनिक गरिएको यस गीतमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला र जानुका विश्वकर्मा देखिन्छन् ।
संगीतकार बाबुल गिरीको संगीत र स्वर रहेको यो गीतमा गोविन्द भट्टको शब्द रहेको छ । सामाजिक सञ्जालमा यसअघि सार्वजनिक गरिएको सानो अंश भाइरल भएपछि निर्माण पक्षले पूरै गीत सार्वजनिक गरेको हो । फिल्ममा बाबुल गिरीको यो मर्मस्पर्शी गीतमार्फत उनी नेपाली फिल्म क्षेत्रमा संगीतकार तथा गायकको रूपमा विशेष भूमिकामा डेब्यु गर्दै छन् । निर्माण टोलीले गीतले फिल्मको हाइप अझै उचो बनाउने विश्वास व्यक्त गरेको छ । हेर्नुस् भिडियो।
राज बहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल र बेनिशा हमालसँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण नेपाली, र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ । श्रीकृष्ण र जानुकाले यही फिल्मबाट डेब्यु गरेका हुन् । तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भट्ट र निर्देशक सानेले लेखेका हुन् ।
@parikalanewsofficial
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सहनिर्माताका रूपमा छन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट र दिव्य सुवेदीको छायांकन रहेको छ ।















Discussion about this post