इटहरी/ हालै राष्ट्रिय चलचित्र पुरस्कार २०८१ को विजेताहरूको सूची सार्वजनिक भएसँगै अभिनेत्री वर्षा शिवाकोटीले खुल्ला रुपमा असन्तुष्टि जनाएकी छन् । उनले महिला कलाकारहरूलाई अपेक्षित सम्मान नदिएको भन्दै चलचित्र विकास बोर्ड र अध्यक्ष दिनेश डिसीप्रति प्रश्न उठाएकी हुन् ।
शिवाकोटीले आफ्नो सामाजिक सञ्जालमा पुरस्कार विजेताहरूको सूची पोस्ट गर्दै लेखेकी छन्, “लौ नायक ज्यु हरुलाइ मात्रै प्रोत्साहन गर्नुस, हामी महिला कलाकार हरुलाइ प्रोत्साहन गरिदिने अध्यक्ष हामिले कहिले पाउने??” उनले यो स्ट्याटस चलचित्र विकास बोर्डको आधिकारिक फेसबुक पेज र अध्यक्ष डिसीलाई मेन्सन गर्दै सार्वजनिक गरेकी हुन् । अब यसमा बोर्ड र अध्यक्षको जवाफ के हुन्छ, त्यो भने हेर्नै बाँकी छ । सार्वजनीक सूचीमा उत्कृष्ठ फिल्म साम्बाला, उत्कृष्ठ अभिनेता विजय बराल र उत्कृष्ठ अभिनेत्री उपासना सिंह ठकुरी रहेकी छन् ।
@parikalanewsofficial
– राष्ट्रिय चलचित्र पुरस्कार २०८१ को सूची यसप्रकार छ:
मुख्य पुरस्कार विजेता:
उत्कृष्ट चलचित्र: शाम्बाला
उत्कृष्ट अभिनेता: विजय बराल (‘पूर्ण बहादुरको सारंगी’)
उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (‘खुस्मा’)
उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (‘शाम्बाला’)
उत्कृष्ट सम्पादक: भरत रेग्मी (‘पुजार सार्की’)
उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (‘पिताम्बर’)
उत्कृष्ट लेखन: दीपकराज गिरी (‘छक्का पञ्जा ५’)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेता प्रदीप खड्का (‘पुजार सार्की’)
विशेष योगदान सम्मान:
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाकार)
अनुप बराल (कलाकार/निर्देशक)
परशुराम चौधरी (कलाकार/निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार/निर्देशक)
विशेष चलचित्र पुरस्कार:
चे (लिम्बु भाषा)
दिलसरा (मगर भाषा)
मरणोपरान्त विशेष योगदान सम्मान:
स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनका क्रममा निधन)
चलचित्र दीर्घ साधना सम्मान:
निर्देशक लक्ष्मीनाथ शर्मा















Discussion about this post