इटहरी/ नयाँ नेपाली फिल्म ‘जदौ’ को मुख्य भूमिकामा व्यस्त तथा चर्चित मोडल एवं अभिनेता प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्ममा प्रभातपालले अभिनेत्री नीति शाहसँग जोडी बाँध्नेछन् । मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा र बिनोद न्यौपाने जस्ता कलाकारहरू यसअघि नै यो फिल्ममा अनुबन्ध भइसकेका छन् ।
फिल्मको लेखन तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन्, यद्यपि निर्देशकको नाम भने सार्वजनिक गरिएको छैन । यो फिल्ममा बाबुल गिरीको संगीत र श्याम तामाङको छायांकन रहनेछ । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने ‘जदौ’ मा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा र नारायण शास्त्री सहनिर्माताका रूपमा रहेका छन् ।
@parikalanewsofficial
फिल्मको निर्माण व्यवस्थापन बुद्धि माझीले सम्हालेका छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीका अनुसार फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुनेछ । दाङ तथा प्युठानका विभिन्न रमणीय स्थानहरूमा यस फिल्मको छायांकन गरिनेछ । निर्माण टिमले केही दिनभित्रै प्रेस मिटमार्फत फिल्मबारे थप विस्तृत जानकारी दिने तयारी गरिरहेको छ ।















Discussion about this post