इटहरी/ फिल्म ‘मैझारो’ मा अभिनेत्री दीया पुनको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो भएको छ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार हुँदै गरेको यो फिल्ममा दीया प्रमुख भूमिकामध्ये एकका रूपमा देखिनेछिन् ।
विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा निर्माण हुने ‘मैझारो’ मा यसअघि नै धिरज मगर र मिरूना मगर अनुबन्धित भइसकेका थिए । निर्देशक राईका अनुसार, कथावस्तु अनुसार दीयालाई फिल्ममा समावेश गरिएको हो भने अन्य केही पात्रहरूको छनोट प्रक्रिया अझै चलिरहेको छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको छायांकन साउनको पहिलो साताबाट सुरू हुने तय भएको छ ।
@parikalanewsofficial
छायांकनका लागि इलाम र पाँचथरका रमणीय स्थानहरू छानिएका छन्, जसले फिल्मको दृश्यात्मक सौन्दर्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । संगीत पक्षमा पनि फिल्मले विविधता प्रस्तुत गर्दैछ । अनमोल गुरूङ र तोरेम्पा हाङ राईको संगीत संयोजनमा तयार हुने गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरूङकै स्वर सुन्न पाइनेछ ।















Discussion about this post