इटहरी/ नारीको भावना, संघर्ष र साहसलाई संगीतमार्फत अभिव्यक्त गर्ने कोशिसमा गायिका एलिना चौहानले तीजको अवसर पारेर नयाँ गीत ‘एक दिन त पछुताउँछ’ सार्वजनिक गरेकी छन् । गीतले महिलाले भोग्नुपरेका पीडा, अन्याय र अन्तरद्वन्द्वलाई उजागर गर्दै आत्मबलका साथ अघि बढ्न प्रेरणा दिन्छ ।
सो गीतमा एलिनालाई साथ दिएका छन् लोकप्रिय गायक खुमन अधिकारीले । गीतका शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीको रहेको छ । भावनात्मक रूपले सशक्त यो गीतको म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाको अभिनय देख्न सकिन्छ । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन र कोरियोग्राफी गरेका छन् । हेर्नुस् भिडियो।
साथै सार्वजनीक गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादनले भिडियोमा गीतको आत्मा झल्काउन मद्दत गरेको छ । यस गीतमार्फत एलिनाले तीजलाई केवल उत्सवको रूपमा होइन, भावनात्मक अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गरेकी छन् ।
@parikalanewsofficial














Discussion about this post