इटहरी/ नेपाली फिल्म उद्योगमा चासोको केन्द्र बन्दै गरेको आगामी फिल्म ‘जदौ’मा अब चर्चित अभिनेता बिनोद न्यौपाने को पनि औपचारिक रूपमा अनुबन्धन भएको छ । दमदार अभिनय क्षमताका लागि परिचित बिनोद यसपटक एक रमाइलो र प्रभावशाली भूमिकामा देखिने पक्का भएको छ । यो फिल्ममा यसअघि मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा जस्ता लोकप्रिय कलाकारहरू फाइनल भइसकेका छन् ।
यस फिल्ममा बिनोदको प्रवेशले दर्शकको उत्साह अझै बढाएको छ । जस्तोसुकै चरित्रलाई आत्मसात गर्न सिपालु र पछिल्लो समयका डिमान्डेड कलाकारका रूपमा स्थापित बिनोदको उपस्थिति फिल्मको विशेष आकर्षण बन्ने अनुमान गरिएको छ । काजी लिम्बूको लेखनमा आधारित फिल्मलाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गर्दै छन् ।
फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन् भने बुद्धि माझी निर्माण व्यवस्थापनमा रहेका छन् । फिल्मको छायांकन भदौको पहिलो साताबाट दाङ र प्युठानका विभिन्न लोकेशनहरूमा सुरु हुने तय भएको छ । संगीततर्फ बाबुल गिरी यो फिल्ममा रहेका छन् ।निर्माण ब्यानर सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक बिमला भण्डारीका अनुसार फिल्मका निर्देशक, बाँकी कलाकार तथा प्राविधिक टिमको विवरण निकट भविष्यमै सार्वजनिक गरिने छ ।
@parikalanewsofficial














Discussion about this post