इटहरी/ नेपाली फिल्म क्षेत्रमा नयाँ पारिवारिक कथावस्तु लिएर फिल्म ‘भाइटीका’ आउने तयारीमा छ । निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेको यो फिल्मले विशेष गरी तिहारको अवसरमा दाजु-बहिनीको सम्बन्धलाई मूल कथा बनाएको छ । फिल्ममा विपिन कार्कीको मुख्य भूमिका केही समय अघि तय भइसकेको छ भने अब अभिनेत्री रेखा थापाको पनि प्रवेश भएको छ ।
निर्माणपक्षले रेखासँग कागजी सम्झौता गरिसकेको भए पनि कलाकारहरूको औपचारिक घोषणा भने अझै गरेको छैन । स्रोतका अनुसार, फिल्ममा रेखा र विपिनले २० वर्षदेखि टीका लगाउन नपाएको दाजु–बहिनीको गहिरो र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्नेछन् । फिल्ममा नायक धीरज मगरको पनि समावेश हुने चर्चा चलेको छ, तर उनको प्रवेशबारे खुलाइएको छैन ।
@parikalanewsofficial
अझै एक नायक र एक नायिका चयन गर्न बाँकी छ । दीपक वलीको निर्देशन र महेश दवाडीको लेखनमा बन्ने ‘भाइटीका’ को छायांकन यो वर्षकै अन्त्यतिर सुरु हुने र रिलिज भने आउँदो तिहारमा गरिने योजना छ । हाल निर्माता रोहित अधिकारी ‘माइतीघर’ फिल्मको डबिङमा व्यस्त छन्, जुन फिल्म यस वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुने तयारीमा छ ।














Discussion about this post