Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
असार २६, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

इटहरी/ नेपालीपनको सुगन्ध बोकेको फिल्म ‘यो मन त मेरो नेपाली हो’टिमले बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शो आयोजना सम्पन्न गरेको छ । नेपाली भाषा, साहित्य, कला र राष्ट्रप्रेमको सजीव प्रस्तुति दिन तयार यो फिल्म यही शुक्रबार (असार २७) देखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । उक्त प्रिमियर कार्यक्रम राष्ट्रिय भावना, कला र फिल्म क्षेत्रका सम्मानित अनुहारहरूको विशेष उपस्थितिमा सम्पन्न भयो । फिल्म हेरेपछि निर्देशकदेखि कलाकार, संचारकर्मी, सुरक्षाकर्मी, गीतकार, समाजसेवीसम्मले फिल्मले दिएको सन्देश र भावनात्मक गहिराइको खुलेर प्रशंसा गरे ।

वरिष्ठ निर्देशक तुलसी घिमिरेले फिल्मले नयाँ पुस्तालाई मात्र होइन, अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने प्रेरणा दिएको बताए । कलाकार राजाराम पौडेलले फिल्म सम्पूर्ण नेपालीका लागि हेर्नैपर्ने भएको उल्लेख गरे भने निर्देशक अशोक शर्माले दर्शकको मन जित्नेमा विश्वस्त रहेको बताए । लोकगायिका ज्योति मगर, संचारकर्मी सुशील नेपाल, लोकगायक बद्री पंगेनी, निर्देशक राजेन्द्र सलभ, नृत्य निर्देशक कमल राई, कलाकार संघ अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, पूर्व सांसद महेन्द्र लिम्बु लगायत धेरैले फिल्मको राष्ट्रियताको भावना र भाषिक सौन्दर्यको सराहना गरे ।

मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल र बुद्धि तामाङ लगायत सबै प्रिमियरमा उपस्थित थिए । दर्शकको उत्साहले फिल्मको सफलता प्रति उनीहरू आशावादी देखिए । निर्देशक मित्र प्रधान (नर) ले फिल्मप्रति आएको उत्साहजनक प्रतिक्रिया आफ्नो लागि ठूलो ऊर्जा भएको भन्दै सम्पूर्ण नेपाली दर्शकलाई हलमा गएर फिल्म हेर्न र समर्थन गर्न आग्रह गरे । अमेरिकाबाट समाजसेवी तथा गीतकार पाँचम तामांग समेत फिल्म हेर्न विशेष रूपमा नेपाल आएका थिए ।

@parikalanewsofficial

इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा बनेको फिल्ममा ज्ञान बहादुर प्रधान (रोशन) निर्माता छन् भने शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, र बनिश शाहको सम्पादन रहेको छ । संगीतमा दिपक शर्मा, विकास चौधरी, थोरम्पो ह्यङ राई, र शब्दमा विल्सन विक्रम राई, शंकर अधिकारी घायल, अनिश अधिकारीको कलात्मक प्रस्तुति रहेको छ । फिल्मलाई आर आर फिल्म्सले वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

अर्काे पाेस्ट

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana