इटहरी/ नयाँ प्रतिभा र अभिनयप्रेमीहरूको सपना साकार बनाउने उद्देश्यसहित सञ्चालनमा आएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका टप २० प्रतिस्पर्धीबीच भोटिङ प्रक्रिया सुरु गरेको छ । शोको मुख्य आकर्षण २० लाख नगदसहित नेपाली फिल्ममा अभिनयको अवसर हो, जसले युवा पुस्तालाई अभिनयतर्फ प्रेरित गरिरहेको छ ।
विजेताले नगद २० लाखसहित फिल्ममा काम गर्ने सुनौलो मौका पाउनेछन् भने फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः १० लाख र ५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । नेपालका हिमाल, पहाड, तराई मात्र नभई भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, मुम्बई हुँदै दुबईसम्मबाट हजारौँ युवाले अडिसन दिएका थिए । जज प्यानलमा रहेका वरिष्ठ कलाकार नीर शाह, अनुप बराल र ऋचा शर्माको निर्णयमा आधारित भएर टप २० छनोट भएका हुन् ।
अब उत्कृष्ट १५ को छनौट भने दर्शकको भोटिङमार्फत हुनेछ ।नेपालका दर्शकहरूले ओएसआर कनेक्ट एप डाउनलोड गरी मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् भने विदेशमा रहेका दर्शकहरूले सिनेमाघर एप मार्फत भोट दिन सक्नेछन् । महक मिडिया नेटवर्कको आयोजनामा भइरहेको यो रियालिटी शोले अभिनय क्षेत्रमा नयाँ इतिहास कोर्ने अपेक्षा गरिएको छ । अब दर्शकको हातमा छ, पहिलो ‘एक्टिङ स्टार’ को ताज कसले जित्ने भन्ने निर्णय ।
@parikalanewsofficial














Discussion about this post