Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आज देशभरका विभिन्न शहरमा एकसाथ सार्वजनीक गरिँदै फिल्म ‘जनै हराएको मान्छे’को पोस्टर

✍ सुवास संकल्प
असार २२, २०८२ मा प्रकाशित
आज देशभरका विभिन्न शहरमा एकसाथ सार्वजनीक गरिँदै फिल्म ‘जनै हराएको मान्छे’को पोस्टर

इटहरी/ नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले पोस्टर सार्वजनिक गर्ने तरिकामा नयाँ इतिहास कोर्ने तयारी गरेको छ । आज आइतबार काठमाडौंमा विशेष समारोहका बीच यो फिल्मको पोस्टर सार्वजनिक हुँदै छ । यो सहित कोशी प्रदेशको प्रमुख शहर इटहरी, धरान, विराटनगर, विर्तामोड लगायत देशभरका १२ स्थानमा एकैपटक पोस्टर रिलिज कार्यक्रम हुँदैछ, जुन नेपाली फिल्म इतिहासमै सम्भवतः पहिलो पटक हो ।

धरानको फ्रेन्ड्स सिनेमा, इटहरीको ईलाइट, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स र विर्तामोडको क्यूएफएक्समा दिउँसो २:४५ बजेबाट सुरु हुने यो कार्यक्रम काठमाडौंमा हुने मुख्य कार्यक्रममा प्रत्यक्ष प्रसारण गरिने निर्माता विमल न्यौपानेले जानकारी गराए । काठमाण्डौमा आईप्लेक्स मलको वान सिनेमाजमा कार्यक्रम तय गरिएको छ । यस्तै, दाङ, नेपालगन्ज, पोखरा, बुटवल लगायतका ठाउँहरुमा पनि एकै समयमा कार्यक्रम हुँदैछ ।

फिल्मका निर्माता विमल न्यौपानेले देशव्यापी रुपमा एकैसाथ आयोजना गरिएको यो प्रचार अभियानलाई ‘नेपाली फिल्ममा फरक र नयाँ प्रयोग’का रूपमा प्रस्तुत गरेका छन् । फिल्मका एसोसिएट निर्देशक मनिष राउतका अनुसार, ‘जनै हराएको मान्छे’ नेपाली आम परिवारको भावना, सम्बन्ध र पीडालाई चित्रण गर्ने कथावस्तुमा आधारित भएकाले यसको प्रचारशैली पनि जनभावनासँग नजिक हुनेगरी तय गरिएको हो । उनका अनुसार, “यो हरेक नेपाली आमाबुबाको कथाजस्तै छ, त्यसैले हामीले सबै क्षेत्रमा यसको उपस्थिति पुर्‍याउन खोजेका हौं।”

@parikalanewsofficial

कमल न्यौपाने र विमल न्यौपानेको निर्माणमा बनेको फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा, सुशांक मैनाली, भावना खपांगी मगर, रियर राई, सुमन थापा र रुपेश लामाले अभिनय गरेका छन् । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि अभिनेता विजय बराल मुख्य भूमिकामा देखिन लागेको अर्को फिल्म यही नै हो ।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने निर्देशन टिममा मुख्य सहायक निर्देशक दिनेशबहादुर राउतसहित तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी रहेका छन् । नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेम्याटोग्राफी तथा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्म काफिया फिल्म्समार्फत गोविन्द शाहीले वितरण गर्दैछन् । सामाजिक सम्बन्ध, पारिवारिक भावना र नेपालीपनको गहिरो चित्रण समेटिएको यो फिल्म २०८२ सालको बहुप्रतिक्षित फिल्ममध्ये एक हो ।

अगाडिकाे पाेस्ट

सज्जन राजको ‘बेहुली’ बनिन् दिव्या, भिडियोमा ‘तँ पागल हो’ भन्ने भाइरल युवा पनि देखिए

अर्काे पाेस्ट

रोहितको ‘भाइटीका’मा विपिन कार्कि मुनाफा साझेदारको रुपमा अनुबन्ध

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana