Wednesday, March 11, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सज्जन राजको ‘बेहुली’ बनिन् दिव्या, भिडियोमा ‘तँ पागल हो’ भन्ने भाइरल युवा पनि देखिए

✍ सुवास संकल्प
असार २२, २०८२ मा प्रकाशित
सज्जन राजको ‘बेहुली’ बनिन् दिव्या, भिडियोमा ‘तँ पागल हो’ भन्ने भाइरल युवा पनि देखिए

इटहरी/ नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक, गीतकार तथा संगीतकार सज्जन राज वैद्यको नयाँ गीत ‘बेहुली’ सार्वजनिक भएको छ । यो गीत सजनको सिग्नेचर शैलीमा तयार पारिएको छ । यो गीत सार्वजनीक भएको केही घण्टामै युट्युब ट्रेण्डिङ समेत देखिएको छ । यो समाचार तयार गर्दैगर्दा भिडियो सार्वजनिक भएको ४ घण्टामै युट्युब ट्रेण्डिङको म्युजिक क्याटोगरी अन्तर्गत ट्रेण्डिङ को १५ औँ स्थानमा रहेको छ । सार्वजनीक गीत सुन्दा उनको यसअघिका हिट गीतको फ्लेभर आउँछ ।

वैद्यले नै यस गीतलाई लेखेका हुन् भने संगीत र स्वर समेत उनकै रहेको छ । सार्वजनीक गीतमा सारङ्गीको धुनले विशेष मिठास थपेको छ, जसलाई मनीष गन्धर्वले तयार गरेका हुन् । यो गीतको मिक्सिङ र मास्टरिङ दिवास गुरुङले गरेका छन् । ‘बेहुली’ गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । भिडियोमा मुख्य कलाकारको रुपमा गायक सज्जन राज वैद्य स्वयं र दिव्या रायमाझी फिचर्ड छन् । हेर्नुस् भिडियो ।

उनीहरुको अन-स्क्रिन केमेस्ट्रीले गीतको भावलाई अझ गहिरो बनाएको छ । यस्तै पछिल्लो समय सामाजिक संजालमा “तँ पागल हो” भनेर अत्याधिक भाइरल बनेका युवा पनि देखिएका छन् । भिडियोमा शशांक बोहरा, ऋषिकेश बस्याल, श्रीशेष मानन्धर, सरिता मानन्धर, देव नारायण भण्डारी, हुमा देवी भण्डारी, घनश्याम जोशी र सञ्जीव तामाङले सहायक कलाकारको रुपमा अभिनय गरेका छन् । यो भिडियोको निर्देशन र छायांकन नयन राईले गरेका हुन् ।

उनले भिडियोलाई कलात्मक र भावनात्मक रुपमा सुन्दर बनाएका छन् । भिडियोमा वैद्यले दिव्यालाई उनको परिवार माझ आफ्नो बेहुली बनाउन गरेको विभिन्न शैलीको प्रयासलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । विभिन्न प्रयासका वावजुद अन्ततः सबैको मन जितेर वैद्यले दिव्यालाई आफ्नो बेहुली बनाउन सफल हुन्छ । भिडियोमा समावेश नृत्यलाई कृतिका बरालले कोरियोग्राफी गरेकी छिन् । अशोक अधिकारीले भिडियो सम्पादन गरेका छन् भने यो प्रोजेक्ट स्टेलर स्टुडियोजको प्रोडक्सन हाउस अन्तर्गत निर्माण भएको हो ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

३५ दिनको सेड्युल सहित फिल्म ‘मिरमिरे’को छायांकन सुरु

अर्काे पाेस्ट

आज देशभरका विभिन्न शहरमा एकसाथ सार्वजनीक गरिँदै फिल्म ‘जनै हराएको मान्छे’को पोस्टर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा
कलिउड न्युज

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु
कलिउड न्युज

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

फाल्गुन २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

फाल्गुन २६, २०८२ मा प्रकाशित
३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

फाल्गुन २६, २०८२ मा प्रकाशित
निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana