इटहरी/ लोकप्रिय हास्यधारावाहिक ‘मेरी बास्सै’मा सिताराम कट्टेल ले निर्वाह गर्ने “खड्का जी” क्यारेक्टरको श्रीमती “अप्सरा आमा”को भूमिका निर्वाह गरेकी लक्ष्मी श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार श्रेष्ठको २०८२ साल असार २० गते (शुक्रबार) बेलुकी करिब ८ बजे निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेकी उनी उपचाररत थिइन् । श्रेष्ठको स्वास्थ्य अवस्था केही महिनादेखि जटिल बन्दै गइरहेको थियो । पारिवारिक श्रोतले जानकारी दिएअनुसार, उनको अन्त्येष्टि शनिबार बिहान सम्पन्न हुने बताइएको छ ।
@parikalanewsofficial
श्रेष्ठले ‘मेरी बास्सै’मार्फत दर्शकमाझ फरक छाप छोडेकी थिइन् । उनी नेपाली टेलिभिजनको हास्य अभिनय क्षेत्रको परिचित नाममध्येकै एक थिइन् । उनको निधनले नेपाली मनोरञ्जन क्षेत्रले अनुभवी कलाकार गुमाएको छ ।
Discussion about this post