इटहरी/ निर्देशक रन्धिर श्रेष्ठ को बहुप्रतीक्षित फिल्म ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको यो एक्सन फिल्म आगामी मंसिर १२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जनाइएको छ, जसले यसको पहुँचलाई अझ फराकिलो बनाउनेछ।
‘कुम्भ’ मा नवा नायक अशोक आर्यन को डेब्यु हुँदैछ। उनीसँगै बरिष्ठ कलाकार सुनील थापा र सुशील पोखरेल को अभिनय हेर्न पाइनेछ। साथै, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्का को पनि फिल्ममा मुख्य भूमिका रहेको छ। विशेषगरी, यस फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर को पनि अभिनय समावेश हुनुले यसको अन्तर्राष्ट्रिय पक्षलाई बलियो बनाएको छ।

फिल्मको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका छन्। सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको ‘कुम्भ’ को निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन्। ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता रहेका छन्। फिल्मको सम्पादन सन्देश शाह र ध्रुवराज पराजुली ले गरेका छन्। ‘कुम्भ’ को वितरण अधिकार श्रीराम बालाजी फिल्म्सले लिएको छ।
@parikalanewsofficial

















Discussion about this post