Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

वैदेशिक रोजगारीको यथार्थ बोकेको ‘रियाल रिङ्गेट’ को दोस्रो गीत सार्वजनिक

✍ परिकला न्यूज
असार १९, २०८२ मा प्रकाशित
वैदेशिक रोजगारीको यथार्थ बोकेको ‘रियाल रिङ्गेट’ को दोस्रो गीत सार्वजनिक

इटहरी/ नेपाली समाजको यथार्थलाई पर्दामा उतार्न तयार रहेको फिल्म ‘रियाल रिङ्गेट’ ले आफ्नो दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरेको छ। आउँदो श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले वैदेशिक रोजगारीको मुद्दालाई गहन रूपमा केलाउने सङ्केत गरेको छ, जसको झलक यस नयाँ गीतमा पनि स्पष्ट देखिन्छ।

रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वरमा सजिएको ‘तिम्रा बाले ज्वाइँ खोजे’ गीतले प्रेम सम्बन्धमा वैदेशिक रोजगारीले पारेको प्रभावलाई रोचक ढङ्गले पस्केको छ। प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको संगीत रहेको यस गीतको भिडियोमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारी को जीवन्त अभिनय र नृत्य रहेको छ।गीतको बोलले नै समाजमा ‘विदेशमा कमाएको ज्वाइँ’ खोज्ने प्रवृत्तिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ। निता अधिकारीले विदेशिने केटाको अपेक्षा व्यक्त गर्दा प्रमोद चौलागाईंले आफू पनि विदेश जाने तयारीमा रहेको कुराले दुवै पात्रको पृष्ठभूमि र उनीहरूको सम्बन्धको आयामलाई दर्शकमाझ परिचित गराउँछ।

निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’ लाई ‘हरेक नेपालीको कथा’ भनेर दाबी गरेका छन्। उनले यस फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवा-युवतीले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्ने बताएका छन्। फिल्म को नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ। ‘रियाल’ कतार/साउदी अरेबियाको मुद्रा र ‘रिङ्गेट’ मलेसियाको मुद्रा को संयोजनले नेपाली श्रमिकहरूका प्रमुख गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरू आफ्नो परिवारको गुजारा चलाउन र उज्ज्वल भविष्यको खोजीमा छन्

प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई लगायतका अनुभवी कलाकारहरूको यस फिल्म मा अभिनय रहेको छ। प्रदीप भारद्वाजको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफीले फिल्म लाई थप सशक्त बनाएको छ।

फिल्म का गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ। अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले गीतमा शब्द दिएका छन्। भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको ‘रियाल रिङ्गेट’ लाई काफिया फिल्म्सले वितरण गर्नेछ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

केकी र राघवको प्रेमकथा बोकेर आए निर्देशक निराजन

अर्काे पाेस्ट

नेपाली र हिन्दी दुवै भाषामा आउँदै ‘कुम्भ’: मंसिर १२ गते प्रदर्शन मिति तोकियो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana