इटहरी/ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२ भव्यताका साथ सम्पन्न भयो। गीतकार संघ नेपालको आयोजनामा भएको यो कार्यक्रमले नेपाली संगीतप्रेमीमाझ अविस्मरणीय छाप छोड्यो।कार्यक्रममा श्रोताको अपार भीड लागेको थियो, जसका कारण हलभित्र नअटाएपछि बाहिर पनि एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्नुपरेको थियो। यसले गीतकार तामाङको लोकप्रियता प्रस्ट देखाउँछ।
करिब डेढ दर्जन ख्यातिप्राप्त गायक गायिकाले २५ जना वाद्यवादकसहित तामाङका १७ वटा लोकप्रिय गीतहरू प्रत्यक्ष प्रस्तुत गरे। किरण प्रधान, शिव परियार, अन्जु पन्त, प्रदीपराज पाण्डे, सत्यराज आचार्य, स्वरूपराज आचार्य लगायतका कलाकारहरूले दर्शकलाई मन्त्रमुग्ध बनाए। थुप्रै गीतमा ‘वान्समोर’ को आवाज गुञ्जिएको थियो।
@parikalanewsofficial
संगीतकार अशोक कुमार राईको संयोजनमा २५ जना वाद्यवादकले कार्यक्रमलाई जीवन्त बनाएका थिए। अतिरिक्त प्रहरी महानिरीक्षक समेत रहेका गीतकार तामाङले यो साँझले आफ्नो सांगीतिक यात्रालाई पूर्णता दिएको बताए। सोही अवसरमा तामाङका “सोल्टिनी” र “माथि माथि लेकमा” बोलका दुई नयाँ गीतको भिडियो पनि सार्वजनिक गरियो।सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको यस ऐतिहासिक साँझले नेपाली संगीतमा टेक तामाङको योगदानलाई पुनः स्थापित गरेको छ।
Discussion about this post